रिद्धि सिद्धि सिमेन्टद्वारा नयाँ वर्ष लक्षित उपहार योजना सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2022 | 06:24:16 PM मा प्रकाशित

laxmi  sunrise bank

रिद्धि सिद्धि सिमेन्टले आफ्ना उत्पादन, गुणस्तर प्रक्रिया, उत्पादन प्रक्रिया तथा इञ्जिनियरिंग सुझाव लगायत प्राविधिक ज्ञान प्रदान गर्ने सोचका साथ कन्ट्रयाक्टर मिट (ठेकेदार सम्मेलन)को आयोजना गरेको छ । 

यही क्रममा कम्पनीले फागुन १३ गते चन्द्रागिरी, १४ गते भक्तपुर तथा ललितपुर र १५ गते बनेपामा कार्यक्रमको आयोजना गरेको छ । 

देशका विभिन्न स्थानहरुमा कन्ट्रयाक्टर मिट गरिसकेको सिमेन्ट कम्पनीले आफ्नो ४३ ग्रेडको ओपीसी सिमेन्टमा केन्द्रित रही कन्ट्रयाक्टर मिटको आयोजना गरेको हो । निर्माण कार्यमा प्राविधिक रुपमा संलग्न सम्पूर्ण ठेकेदारहरुलाई आफ्ना उत्पादन, गुणस्तर प्रक्रिया, उत्पादन प्रक्रिया तथा इञ्जिनियरिंग सुझाव लगायत प्राविधिक ज्ञान प्रदान गर्ने तथा सिमेन्टको विशेषता सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ  । कार्यक्रममा ५ सय भन्दा बढीको संख्यामा ठेकेदारहरुले अन्तरक्रियाका लागि सहभागिता जनाएका थिए ।

नयाँ वर्ष २०७९ लक्षित उपहार योजना पनि सार्वजनिक

कम्पनीले नयाँ वर्ष २०७९लाई दृष्टिगत गर्दै ठेकेदार लक्षित हात खालि नजाने आकर्षक उपहार योजना पनि सार्वजनिक गरेको छ । यो उपहार योजना २०७८ फागुन १ गतेदेखि २०७९ बैशाख ३१ सम्म लागु हुने कम्पनीले जानकारी दिएको छ । 

योजना अन्तर्गत खरिद तथा उपयोग हुने सिमेन्ट बोरा संख्याका आधारमा तिनले विभिन्न आकर्षक उपहार हात पार्न सक्नेछन् । साथै योजनाको अन्त्यमा गोला प्रथा मार्फत ५ जना भाग्यशाली विजेताले बम्पर पुरस्कारका रुपमा काठमाडौं–पोखरा भ्रमण प्योकज पनि जित्न सक्ने ब्यवस्था मिलाइएको छ । 

६ हजार बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा सीजी ४३ स्मार्ट एलईडी टीभी वा सियाओमी ११ लाइट एनई ५जी ८÷१२८जीबी १ थान पाईनेछ । 

५ हजार बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा सीजी ३२” स्मार्ट एण्ड्रोइड सीजी३२बी वा सियाओमी रेडमी नोट १० प्रो १ थान उपहार उपलब्ध हुनेछ ।

२५ सय बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा सियाओमी रेडमी ९सी ३२÷६४जीबी वा बाल्ट्र बीओटी ११२ ५० लिटर फोस्टर ओभन १ थान प्रदान गरिने कम्पनीले जनाएको छ ।

१५ सय बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा बाल्ट्रा इन्फ्रारेड इन्डक्शन कुकर वा यासुदा वाईएस–२८एससी २.८ लिटर राइस कुकर १ थान, ८०० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा रेनकोट १ थान, ४०० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा ः हट पट लञ्च बक्स १ थान उपहार प्रदान गरिनेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved