उद्योग मन्त्रीले सम्हाले कार्यभार, के गरे पहिलो निर्णय ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2022 | 04:31:22 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पदभार ग्रहण गरेका छन् । मन्त्री बडूले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । 

पदभार ग्रहण गर्दै उनले साना तथा मझौला उद्योग महाशाखा गठन गर्ने निर्णय गरेका छन् । यसका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर पनि गरेका छन् । 

उनले आयात र निर्यातलाई सन्तुलित राख्न तात्कालिक र दीर्घकालीन योजना बनाउने पनि बताएका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले आज बडूलाई उद्योग मन्त्रीको जिम्मेवारी तोकेकी थिइन् । 

बडूले असोज २२ देखि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved