बिजुली नपुगेपछि उदयपुर सिमेन्टको उत्पादन बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2022 | 09:44:04 AM मा प्रकाशित

laxmi  sunrise bank

विद्युत अभाव भएपछि उदयपुर सिमेन्ट उद्योगले उत्पादन बन्द गरेको छ । 

उद्योगलाई पूर्णरुपमा चलाउन ६ मेगावाट विद्युत आवश्यक पर्ने भएपनि हाल २ मेगावाट मात्र बिजुली आपूर्ति भएकाले उत्पादन बन्द भएको उदयपुर सिमेन्ट उद्योगका निमित्त प्रमुख गोपी न्यौपानेले जानकारी दिए ।

आर्थिक वर्षको अन्तिम महिनामा उद्योगको उत्पादन बन्द हुँदा चालु आर्थिक वर्षमा २४ लाख बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य पूरा नहुने देखिएको न्यौपानेले बताए । हालसम्म २१ लाख बोरा सिमेन्ट उत्पादन भइसकेको छ ।

असार ९ गते लहानस्थित टावरमा चट्याङ परेपछि उद्योगमा विद्युत आपूर्ति बन्द भएको थियो । त्यसपछि सोलु करिडोरको लाइनबाट बिजुली तानेर लगिएको छ । तर सोलु करिडोरबाट २ मेगावाट मात्रै बिजुली पाएकाले उद्योग चलाउन नपुगेको हो । 

उदयपुर सिमेन्ट उद्योग पूर्ण सरकारी स्वामित्वको उद्योग हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved