मारुती सिमेन्टका सञ्चालकविरुद्द पक्राउ पुर्जी जारी भएकोमा सिमेन्ट उत्पादक संघको आपत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2023 | 11:12:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सिमेन्ट उत्पादक संघले मारुती सिमेन्ट उद्योगका संचालकलाई पक्राउ पुर्जी जारी भएकोमा आपत्ति जनाएको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै संघले कुनै व्यक्तिको घर बनाउँदा बनाउँदै भत्किएको विषयमा अनुसन्धान नगरी उजुरीका आधारमा पक्राउ पुर्जी जारी हुनु आपत्तिजनक भएको बताएको छ ।

संघले उद्योगीहरुलाई पक्राउ गर्ने जस्ता क्रियाकलापले लगानीकर्ता हतोत्साही हुने र यस्ता क्रियाकलापवाट देशलाई फाईदा नहुने दावी गरेको छ ।

पक्राउ पुर्जी जारी भएका मध्ये मारुतीका बिजेनस डाइरेक्टर ज्योति शर्मा पक्राउ परेका थिए ।

संघले पूर्वाधार निर्माणमा सिमेन्टको मात्रै भूमिका नहुने भन्दै अन्य निर्माण सामाग्रीको प्रयोग लगायतका विषय नहेरी उद्योगीलाई मात्रै निशाना बनाइएको जनाएको छ । 

‘कुनै व्यक्तिले विषयलाई अन्यत्र मोडेर निहित स्वार्थको लागि दिएको उजुरीको आधारमा अरवौं लगानी गर्ने, हजारौको संख्यामा रोजगारी दिने र करोडौं रुपैया राजश्व तिर्ने उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गरी थुन्ने तथा पक्राउ पुर्जी जारी गर्ने जस्ता कार्यहरु गर्नु गराउनुले समग्र औद्योगिक वातावरणमा नकारात्मक असर पर्न जाने कुरा पनि प्रष्ट छ’ संघले भनेको छ, ‘गुणस्तर सम्वन्धि विषयलाई लिएर हुने कारवाही सम्वन्धित ऐन नियम अनुसार नै हुनुपर्ने कानुनी व्यवस्थालाई विषयान्तर गरी ठगी (अपराधिक) मुद्धा दर्ता गरी पक्राउ पुर्जी जारी गरिनु हुन्न भन्ने धारणा यस संघको रहेको छ ।’ 

राजविराजका पत्रकार दिवाकर साहले आफूले बनाउँदा बनाउँदैको घर गुणस्तरहीन सिमेन्टका कारण भत्किएको भन्दै उजुरी दिएका थिए । यद्यपी यस विषयमा पत्रकार साह र उद्योगबीच मिलापत्र भइसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved