७८ करोडको नेपाली सिमेन्ट भारतमा निर्यात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2023 | 04:01:25 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७९/०८० मा नेपालबाट ७८ करोडको सिमेन्ट भारतमा निकासी भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार १ वर्षमा नेपालबाट ७७ करोड ९३ लाख लाखको सिमेन्ट निर्यात भएको हो ।

४२ करोड ३ लाख ५५ हजारको ३ लाख ९६ हजार ९५० मेट्रिक टन क्लिङ्कर र ३५ करोड ८९ लाख ५१ हजारको ६ लाख ७ हजार ७३ मेट्रिक टन पोर्टल्याण्ड सिमेन्ट निकासी भएको हो ।

हाल नेपालबाट पाल्पा, अर्घाखाँची र बालाजी सिमेन्ट भारतमा निकासी हुँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved