भारत निर्यात हुन थाले नेपाली डाइपर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2023 | 11:26:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नवलपरासी पश्चिमको रामग्रामस्थित ब्रजेश्वरी इण्डष्ट्रिज प्रा.लि.ले उत्पादन गरेका डाइपर र बेवी वाइप्स भारतमा निर्यात सुरु भएको छ । स्थापना भएको १ वर्ष नहुँदै उद्योगले आफ्ना उत्पादन छिमेकी देश भारतमा निर्यात गर्न सफल भएको हो ।

उद्योगले १ वर्षमा ४३ करोड मूल्यका डाइपर उत्पादन गरेको छ । यसमध्ये नेपालमा ३० करोड मूल्य बराबरको खपत भएको छ भने भारतमा १३ करोड बढीको उत्पादन निर्यात भएको छ ।

१ अर्ब बढी लागतमा करिब १ वर्ष अगाडी स्थापना भएको ब्रजेश्वरी इण्डष्ट्रिज डाइपर उत्पादन गर्ने नेपालकै सबैभन्दा ठूलो उद्योग हो । यो उद्योगमा दैनिक ६ लाख पिस डाइपर उत्पादन क्षमता भएपनि हाल दैनिक ३ लाख पिस मात्रै उत्पादन गरिरहेको छ । 

सन् २००५ देखि बहुराष्ट्रिय कम्पनीका सामान विक्रि गर्दै आएका एस.पी ढकालले झण्डै २० वर्ष अरु देशमा बनेका सामान बिक्री गरेपछि आफैँले ब्रजेश्वरी इण्डष्ट्रिज उद्योग स्थापना गरेका थिए । गुणस्तरीय डाइपर उत्पादन गरेकाले ७ महिनामै भारतका विभिन्न शहरमा राम्रो बजार पाएको उनको भनाई छ । 

उद्योगले भविष्यमा न्यापकिन पेपर, टिस्यु पेपर जस्ता उत्पादनहरु गर्ने लक्ष्य पनि लिएको छ ।

उद्योगले नेपालका न्यानो र टेन्डरटच डाइपर उत्पादन गर्दै आएको छ । हाल नेपालका सातै प्रदेशमा १ सय डिलरमार्फत उद्योगका उत्पादन बिक्री हुँदै आएको छ । 

उद्योगले भारतसँगै अफ्रिका तथा युरोपमा समेत निर्यात गर्ने तयारी थालेको छ । यसका लागि आई.एस.ओ. सर्टिफिकेट प्राप्तीको प्रकृया अन्तिम चरणमा पुगेको ढकालको भनाई छ । 

उद्योगमा करिब १५० जनाले प्रत्येक्ष रोजगारी पाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved