साउनमा नेपालबाट भारतमा २३ करोडको सिमेन्ट निर्यात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2023 | 03:08:54 PM मा प्रकाशित

laxmi  sunrise bank

साउन महिनामा नेपालबाट २३ करोडको सिमेन्ट भारतमा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन महिनामा नेपालबाट क्लिंकर र सिमेन्ट गरेर २३ करोड बराबरको निकासी भएको छ ।

यो एक महिनामा १६ करोड ४४ लाख ६५ हजार बराबरको २५ हजार ७२२ टन क्लिंकर र ७ करोड ५ लाख २४ हजार बराबरको ९ हजार ५९३ टन सिमेन्ट भारतमा निर्यात भएको हो ।

गत आर्थिक वर्षदेखि नेपालबाट भारतमा सिमेन्ट निकासी हुँदै आएको छ । सरकारले निर्यातमा नगद अनुदानको व्यवस्था गरेसँगै सिमेन्टको निकासी सुरु भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved