औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्षमा बाबुराम पन्त नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2023 | 04:14:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्षमा बाबुराम पन्तलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको प्रस्तावमा पन्तलाई औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्षमा नियुक्त गरेको हो ।

पदपूर्ति सिफारिस समितिको भदौ २८ गतेको बैठकले सबैभन्दा बढी अंक प्राप्त गरेका पन्तको नाम एकल सिफारिस गरेको थियो ।उद्योग मन्त्रालयलले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष नियुक्तिका लागि साउन २५ गते सार्वजनिक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको थियो ।

पोखरा महानगरपालिका १७ का पन्त उद्योगी हुन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved