टर्कीश पर्फ्यूम ब्रान्ड 'निशने'को एक्स कलेक्सन नेपालमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2023 | 04:03:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा टर्कीश पर्फ्यूम ब्रान्ड 'निशने'का उत्पादनहरुको विक्री सुरु भएको छ । नेपाली बजारमा ब्रान्डेड पर्फ्यूम बिक्री गर्दै आइरहेको इना सेन्टरले निशने ब्राण्डका पर्फ्यूम भित्र्याएको हो । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले निशने एक्स कलेक्सनको उद्घाटन गरे । संसारभर पर्फ्यूम पारखीहरुका लागि उत्कृष्ट मानिएको निशने ब्राण्डका पर्फ्यूम टर्कीमा उत्पादन हुन्छन् भने इना सेन्टरले यसका विभिन्न भेरियन्टहरु नेपालमा भित्र्याएको हो ।  

इना सेन्टरले नेपालमा ३० वर्षदेखि अन्तरराष्ट्रिय ख्याति प्राप्त ब्राण्डका पर्फ्यूमहरु आयात तथा विक्री वितरण गर्दै आएको छ । इना सेन्टरका न्यूरोड, सिभिल मल, दरबार मल तथा बबरमहल रिभिजिटेडमा रहेको शोरुमबाट निशने ब्राण्डका पर्फ्यूम बिक्री हुने इना सेन्टरका प्रवन्ध निर्देशक उद्धव वर्तौलाले जानकारी दिए । इनाले हाल क्लिभ क्रिष्टियन, लिक्विड्स इमेजिनरिज, टिजियाना, एसेन्सियल, भिक्यान्टोलगायत ब्राण्डका पर्फ्यूमहरू बिक्री गर्दै आइरहेको छ । 

निशने छोटो समयमा स्थापित टर्कीश ब्राण्ड हो । यो ब्रान्डका पर्फ्यूमहरु विश्वका सर्वाधिक बिक्री हुने पाँच उत्कृष्ठ पर्फ्यूममध्येको सूचीमा पर्दछन् । निशनेका उत्पादनहरुमध्ये उत्कृष्ट पाँच ब्राण्डहरु ह्यासिभ्याट, हन्ड्रेड साइलेन्ट वेज, एनी एक्स, फ्यान योर फ्लेम्स, वुलोङ चा इना सेन्टरको एक्स कलेक्सनमा उपलब्ध छन् । 

 निशनेका प्रत्येक नयाँ संस्करणहरुमा मौलिक सुगन्धको मुख्य विशेषताहरू रहने जनाइएको छ । यसलाई नयाँ क्षितिजमा लैजान र उपभोक्ताको रुचिलाई कायम राख्नका लागि विशेष प्रकारको डिजाइन गरिएको यी पर्फ्यूमहरु अत्तरको संसारमा नयाँ विश्वव्यापी आइकनहरू बन्ने अपेक्षा गरिएको छ । बेस्टसेलर पर्फ्यूम निशनेको ह्यासिभ्याट सन् २०१७ बाट बजारमा आए पनि यसको लालित्य, योग्यता र कलाको प्रेमलाई निखारिएको भन्दै प्रशंशा भइरहेको छ । यस्तै, हन्ड्रेड साइलेन्ट वेज पफ्र्युम सन् २०१६ मा लञ्च भएपछि यसले पफ्र्युमका क्षेत्रमा नयाँ आयाम थपेको छ । यसलाई मौलिक सुगन्ध मन पराउनेहरू र मौलिक सूत्रको आकर्षक मुडमा नयाँ टेक खोज्नेहरूले रुचाउँछन् । 

एनी पर्फ्यूम सन् २०१९ मा सार्वजनिक भए पनि यसले मानिसहरू बीचको सबै भावनात्मक सीमाहरू हटाउन सफल भएको छ । यो सुगन्ध तुरुन्तै विश्वव्यापी हिट भयो जुन प्रायः सबैभन्दा राम्रो भेनिला सुगन्धको रूपमा उल्लेख गरिएको थियो । 

वुलोङ चा सन् २०१५ मा विश्वव्यापी रूपमा सुरु गरिएको निशनेको विश्वभरि ठूलो फ्यानबेसमा पुगेको पर्फ्यूम भएको छ । यसलाई प्रयोग गर्नेहरुको शब्दमा यसले सुदूर पूर्वको शान्त चिया बगानहरूमा लैजान्छ, जहाँ ओलोङ चियाका पातहरू र भूमध्यसागरीय फिगका नाजुक नोटहरू छन् । 

फ्यान योर फ्लेम्स अर्को बेष्टसेलर पर्फ्यूम हो । यसको सुगन्ध नरिवल, रम र लेन्टीस्कको संयोजनको साथ खुल्छ, जसले मीठो र सुगन्धित वातावरण दिन्छ । सुगन्धको मुटुमा तंबाकू, टोन्का बीन र थाइम तेलको मिश्रण हुन्छ, जसले समृद्ध र मसालेदार सुगन्ध सिर्जना गर्दछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved