'नेपाललाई फूलमा आत्मनिर्भर बनाउन फ्लोरिकल्चर ऋणको व्यवस्था हुनुपर्छ' (अन्तर्वार्ता)

सीता बुढाथोकी

सीता बुढाथोकी

Oct 31, 2023 | 02:17:19 PM मा प्रकाशित

laxmi  sunrise bank

फ्लोरिकल्चर एशोसिएसन अफ नेपाल (फ्यान) ले आजबाट ’१६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८०’ सुरु गरेको छ।  एशोसिएसनले आज कात्तिक १४ गतेदेखि कात्तिक १८ गतेसम्म सो मेला संचालन गर्नेछ । 

एशोसिएसनले पुष्प व्यवसायको व्यावसायिक विकास र विस्तार तथा प्रवर्धनका लागि सो मेला आयोजना गरेको एशोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक सीताराम पन्त बताउछन्। प्रदर्शनी हेर्न आउने अवलोकनकर्ताले कृषि विकास बैंकको स्टलमा गई खाता खोलेपछि बैंकले खातामा ३०० रुपैयाँ समेत जम्मा  गरिदिने व्यवस्था फ्यानले मिलाएको छ । 

यसै सन्दर्भमा बिजपाटी डटकमले फ्लोरिकल्चर एशोसिएसन अफ नेपालले सञ्चालन गरेको मेलाका संयोजक सीताराम पन्त सँग कुराकानी गरेको छ ।

प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

नेपालमा फूल व्यवसायको अवस्था कस्तो रहेको छ ? 

किसानको हकको कुरा गर्ने हो भने भारतबाट आउने अवैअध आयात बन्द गर्ने हो भने अरु क्षेत्रको तुलनामा सम्भावना छ । हाम्रो देशमा तिहार, विवाह, भ्यालेन्टाइ न्डे को बेला बढि फूल खपत हुने गर्दछ । फूलहरु नेपाली किसानको उत्पादनलाई मात्र उपयोग गर्ने हो भने किसानको उत्पादन उपयोग हुन्थ्यो र अझ राम्रो हुने थियो । नेपालमा खुल्ला सिमाना भएको कारण भारतबाट अवैध नर्सरीहरु ल्याएर बेच्ने फूल बेचेर पैसा लिएर जाने काम धेरै भएको छ । नेपाल सरकारले यसलाई ध्यान दिने हो भने किसानलाई राम्रो हुने थियो । 

व्यवसायको कुरा गर्ने हो भने फ्लोरिकल्चरमो जानशक्ति धेरै खपत हुन्छ । अहिले पनि हाम्रो संंस्थागत हिसाबले हेर्ने हो भने फ्लोरिकल्चरमा ४० लाख भन्दा बढिले रोजगारी पाएका छन् । जसमध्ये नर्सरी उत्पादनमा नेपालीहरु धेरै छन् र सजावटको लागि भने केहि भारतीय कामदारहरु आउने गरेका छन् । नेपाल सरकारले भारतबाट आउने साना कामदारहरुलाई जस्तो तरिकाले भए पनि नियमन गर्नुपर्छ । सरकारले यस कुरामा ध्यान दियो भने विदेश गएर काम गरेर कमाउने पैसा नेपालमा नै कमाउन सकिन्छ । 

तिहारमा कति फूल खपत हुने अनुमान छ ? बाहिरबाट कति आयात गर्नुपर्छ ?

हाम्रो आधिकारीक तथ्याङ्क अनुसार तिहारमा लगभग १० लाख मालाको खपत हुने अनुमान छ । त्यो बाहेक ३० लाख माला खपत हुन्छ । तिहारमा हामीले यति मालाको कारोबार भयो भन्न मिल्दैन । किनकी प्रत्यक किसानहरुले विभिन्न तरिकाबाट ल्याएर बेच्ने धेरै हुुनुहुन्छ । त्यो रेकर्डमा आउदैन । हामीले रेकर्ड दिने भनेको भन्सारले आयात गरेर ल्याएको हुन्छ र कति होलसेलमा इन्ट्री भएर विक्रि भएको हो । 

यो तिहारमा ३ लाख माला अपुग हुने अनुमान गरेका छौँ । ३० लाख मध्य १५ प्रतिशत माला अपुग हुने अनुमान छ । यसपालीको तिहार अलि पछाडी हुने भएकोले सबै फूल फूलीसकेका छन्् । त्यति धेरै बाहिरबाट आयात हुँदैन । नेपालमा नभएका फूल मात्र नेपालमा ल्याउछौँ । सबैभन्दा धेरै आयात भारत बाट नै हुने गरेको छ । 

मेलाको मुख्य उद्देश्य के हो ? 

यसको मुख्य उद्देश्य भनेको विभिन्न नर्सरीहरुलाई एकै ठाउँमा राखेर आफ्नो उत्पादनको बारेमा जानकारी दिन सकुन् भन्ने हो । अर्को  वर्ष भरि कसले राम्रो फूल फूलाएको छ भनेर पर्तिस्पर्धा पनि हुन्छ । खरिदकर्ताले धेरै प्रजातिका फूलहरु एउटै छानामुनी पाउन सक्नेछन् । देशविदेशबाट यो फूल सम्बन्धि जानकारी लिने मानीसहरु आउछन् । 

यस पटक मेलामा अरु वर्ष भन्दा फरक के छ ? कति अवलोकन कर्ताले अवलोकन गर्ने अुनुुमान छ ? 

विगतको तुलनामा व्यवसाय स्टलहरु थपिएको छ । गोबरबाट गमला बनाउने प्रविधि पनि आएको छ । विशेष गरेर गोदावरी फूलका नयाँ नयाँ प्रजातीका फूलहरु मेलामा पाउन सकिन्छ । मेलामा ४ सय ५० प्रजातीका फूल, फलफूलसबैका विरुवाहरु पाउन सकिन्छ । मेलामा ४० हजार अवलोकन कर्ता आउने अनुमान गरिएकोे छ । लगभग एक लाख भन्दा बढिको कारोबार हुने अपेक्षा रहेको छ । उच्च स्तरीय फूलहरु मेलामा पाउन सकिन्छ । व्यापार राम्रो हुन्छ भन्ने लागेको छ । 

यस पटक मेला अवधी भर मेला अवलोकन गर्न आउने दर्शक, अवलोकनकर्ता तथा व्यवसायीहरुको शून्य मौज्दातमा खाता खोली रु.३००।- खातावालाको नाममा कृषि विकास बैंक लि.ले जम्मा गरि दिने छ । साथै खाता खोल्ने ग्राहकहरुलाई मेलामा जुनसुकै फूल बिरुवा खरिदमा १०% छुट को व्यवस्था पनि मिलाइएको छ। 

नेपालबाट कुन कुन देशमा फूल निर्यात हुन्छ ? नेपालमा नै माग पुरा नभईरहेको बेला किन निर्यात भईरहेको छ ? 

आफुसँग बढि भएको चिज बेच्ने र कम भएको चिज ल्याउने गरिन्छ । फूलमा पनि त्यहि भएको हो । हामीले मखमली फूल निर्याय गर्छौ । फूलमा पनि के भएको हो भने राम्रा उत्पादन र मुल्यमान वस्तुहरु बाहिर गईरहेका छन् । यो नियमित प्रक्रिया हो । हामीले आयात कम निर्यात बढि गर्न पाएको भए हुने थियो । तर, हामीले आयात बढि र निर्यात कम गरीरहेका छौँ । नेपालबाट निर्यात हुने देशहरु भनेको अष्ट्रेलिया, अमेरिका नेपालीहरु जहाँ जहाँ छन् त्यो सबै देशमा नेपालबाट फूल निर्यात हुने गरेको छ । अघिल्लो वर्ष ३ देखि ४ वर्षको हाराहारीमा नेपालबाट मखमलीको माला निर्यात भएको थियो । 

नेपालको कुन कुन जिल्लामा सबैभन्दा बढि  फूल उत्पादन हुने गरेको छ ?

नेपालमा सबैभन्दा धेरै फूल उत्पादन हुने पहिलो जिल्ला त काठमाडौँ नै हो । त्यसपछि काब्रे, भक्तपुर, चितवन, दाङ, धादिङ, पोखरामा धेरै फूलहरु उत्पादन हुने गरेका छन् । सिजन अनुसार उत्पादन हुने गर्छन् । जोडोमा काठमाडौँमा उत्पादन बढि हुने गर्छ । हामीसँग अहिले हाइटेकहरु छैनन् । त्यहिभएर मैसम अनुसार उत्पादन गर्नु पर्ने हुन्छ । फूलको माग पनि बढि नै छ । विशेष गरेर काठमाडौँ, भत्तपुर, ललितपुर, पोखराबाट फूलको धेरै माग आउने गरेको छ । 

आर्थिक मन्दीले फूल व्यवसायमा कस्तो असर पारेको छ ? प्लाष्टिकको फूलहरुले फूल उत्पादन गर्ने व्यवसायीलाई कस्तो असर गरेको छ ? 

आर्थिक मन्दीले सबै क्षेत्रलाई असर पारेको छ । व्यापारको एउटा सिस्टममा चलिरहेको हुन्छ । टुरीजम राम्रो चलेको भए होटलमा हाम्रो फूल धेरै बिक्री हुने थियो । आर्थिक मन्दीको कारणले गर्दा सबै व्यवसायहरुलाई असर पर्दाखेरि हामीलाई पनि असर परेको छ । यो असरबाट पार पाउनलाई हामी एकदम शंघर्षशील छौँ । 

प्लाष्टिकको फूलले फूल व्यवसायीलाई धेरै असर पारेको छ । योे विषयमा केहि समय अगाडी गृह मन्त्रालयमा फ्यान र गृहमन्त्रालयका सम्बन्धित पदाधिकारी बसेर छलफल भएको थियो । वन तथा वातावरण मत्रालयले एक वर्ष अगाडी राज पत्रमा सुचना प्रकाशन गरेर प्लाष्टिकको फूल आयात, भण्डारण र विक्रि वितरणमा प्रतिवन्ध लगाएको थियो । तर, बजारमा यी फूलहरु विक्रि भईरहेका छन् । हामीले छलफल गरिसके पछि वाणिज्य आपूर्ती मत्रालयले अनुगमन गर्न थालेको छ । 

यसले वातावरणलाई पनि असर पारेको छ । हामीले फूल छापा मारेर मात्र सम्भव हुँदैन । बरु यसको नकरात्मक असरहरुको बारेमा उपभोक्तालाई बुझाएर यसको बारेमा सचेतना गरायौ भने उनिहरुले यसको प्रयोग गर्दैनन् । प्रयोग नगरे पछि यसको खपत घट्छ । 

नेपाललाई फूल व्यवसायमा आत्म निर्भर बनाउन के गर्नु पर्ला ? 

नेपाललाई फूल व्यवसायमा आत्म निर्भर बनाउन सरकारले नीतिगत कुराहरुमा सुधार गर्नु पर्ने हुन्छ । बैंकहरुले कृषिलाई ऋण दिने गरेका छन् । तर, त्यो ऋणले मात्र फ्लोरिकल्चरलाई पुग्दैन । त्यसैले सरकारले फ्लोरिकल्चर ऋण भनेर छुट्टै ऋण दिनु पर्छ । सरकारले अवैध आयात बन्द गर्न सक्नु पर्छ । अवैध आयात बन्द गर्ने वित्तिकै नेपालमा फूल खपत हुन्छ र बाहिर पनि जान्छ । त्यस्तो कुराहरु निर्यातको लागि सरकारले वातावरण बनाइदिनु पर्यो । नेपालका एयरलाईन्सहरुले कृषिको सामान बोक्न मान्दैनन् । त्यो कारणले सरकारले नीति परिवर्तन गर्नु पर्छ । 

प्राविधिक रुपमा व्यवसायी पनि दक्ष भएर काम गर्नु पर्छ । नेपालमा कतिपय मानिसले व्यवसायलाई प्रयोग गरिरहेका छन् । आज प्रयोग गर्छन अनि भोली राम्रो भएन भने छोड्छन् । यस्तो गर्नु हुँदैन । आफुले गर्न लागेको व्यवसाय बारे पढेर जानकारी लिएर दक्ष भएर काम गर्नुपर्छ । त्यसकारण सरकारको नीति, व्यवसायीको प्रतिवद्दता र व्यवसायीक वातावरण भयो भने नेपालको फूल व्यवसाय राम्रो रुपमा अगाडी बढ्ने छ । र नेपालमा उच्च स्तरीय प्रविधि भित्राउनु पर्छ । सरकारले नेपालमा तापक्रम नियन्त्रणको लागि हाईटेक डिलक्सको व्यवस्था गरिदीयो भने फूलको व्यवसाय पनि राम्रो हुन्छ । र अन्तराष्ट्रिय बजारमा पनि राम्रो गर्न सकिन्छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved