फ्लोरा एक्स्पोमा फूल र नर्सरीबारे निशुल्क परामर्श प्रदान गरिरहेका छौ: अध्यक्ष तिमल्सिना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2023 | 05:29:17 PM मा प्रकाशित

laxmi  sunrise bank

कार्तिक १४ गतेदेखि काठमाडौंको भृकुटिमण्डपमा फ्लोरा एक्स्पो सुरु भएको छ । नर्सरी व्यवसायी संघ, नेपालले कार्तिक १४ गतेदेखी १८ गतेसम्म ५ दिने तिहार फ्लोरा एक्स्पो २०८० सुरु गरेको हो ।

भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा फूल तथा बत्तिको विशेष पर्व तिहारलाई लक्षित गर्दै देशका विभिन्न भागबाट नर्सरी व्यवसायीहरुको सक्रिय सहभागितामा एक्पो गर्न लागिएको अध्यक्ष रामजी तिमल्सिनाले जानकारी दिए । नर्सरी र बोटबिरुवाबारेका सबै समस्या र जिज्ञासाको मेलामार्फत समाधान दिने उनको भनाई छ ।

तिमल्सिनाले १० कक्षा सम्मको पढाई सकेर नर्सरी सम्बन्धि काम गर्न सुरु गरेका हुन् । उनले सुरुमा नर्सरीमा काम सिकेपछि २०५१ सालमा १ रोपनी जग्गा भाडामा लिएर नर्सरी सुुरु गरेका हुन् । त्यहा देखि सुरु भएको यात्रा अहिले नर्सरी व्यवसायी संघमा आइपुगेको छ । उनले फ्लोरिकल्चर एशोसिएसन अफ नेपाल (फ्यान)मा पनि कार्यसमिति सदस्यकको रुपमा एक कार्यकाल काम गरे । र उपाध्यक्षमा एक कार्यकाल काम गरेका छन् । हाल उनी नर्सरी व्यवसायी संघ नेपालका अध्यक्षको रुपमा कार्यरत रहेका छन् ।  

यसै मेलाको सेरोफेरोमा रहेर बिजपाटी डटकमले नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष रामजी तिमिल्सिना सँग कुराकानी गरेको छ ।

प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

नर्सरी मेला कस्तो खालको मेला हो ? 

यो मेला नर्सरी व्यवसायीहरुको छाता सङ्गठनले गरेको हो । पुष्प सम्बन्धि सबै बिरुवा समेट्ने भन्दा पनि जो नर्सरी वाला छन् प्रत्यक्ष उत्पादन गर्ने किसानलाई मात्र साटिएको छ । नर्सरीको विभिन्न विधाहरु छन् । फूल नर्सरी, फलफूल नर्सरी, कृषि तथा वन नर्सरी र जडिबुटी नर्सरी गर्ने व्यवसायीहरुको मात्र स्टल यहाँ राखिएको छ। हुनत सदस्यभन्दा बाहिरको व्यवसायीले बढि भाडा तिरेर पनि  यहाँ एक दुई ओटा स्टलहरु पनि राखेका छन् । अरु प्राय सबै उत्पादन गर्नेको मात्र छन् । मेलामा ३० हजार अवलोकन कर्ताले अवलोकन गर्ने अपेक्षा गरेका छौँ । र ५० लाखको कारोबार हुने अनुमान छ । 

यो मेलामा अवलोकनकर्तालाई आकर्षण गर्ने कुरा के छ ? 

यो मेलामा अवलोकन गर्न आउँदा उनीहरु प्रत्यक्ष किसान सँगै आएर ठोकिने भए । किसान सँगै आएर कुरा गर्न पाउने भए । ५० औँ वर्ष देखि नर्सरी व्यवसाय गर्दै आएका अनुभवी किसानहरु यहाँ हुनेछन् । खरिद कर्ताले विरुवा लगि सके पछि राम्रो भएन हुर्किएन किन राम्रो भएन भनेर सोधेपछि किसानले यसलाई यो पुगेन भनेर सल्लाह दिनेछन् । अवलोकनकर्ताले आफ्नो घरका विरुवाहरु राम्रो भएका छैनन् भने यहाँ आएर परार्मश लिन सक्ने छन् । परार्मशकै लागि भनेर हामीले २ वटा स्टल तयार गरेका छौँ । परार्मश केन्द्रमा एकदम पुराना व्यवसायीहरु रहने छन् । अवलोकनकर्ताले घरमा समस्या भएका विरुवाहरुको फोटो लिएर आउने र के कारणले यस्तो भयो भनेर यहाँ देखाए भने त्यसको समाधान यहि बाट पाउने छन् । यहाँ आएर निशुल्क परामर्श लिन सक्ने छन् । अवलोकनकर्ताले मेलामा १५० जातका नर्सरीहरु अवलोकल गर्न पाउने छन् । 

यो मेला गर्नुको मुख्य उद्देश्य के हो ? 

यो मेलाको मुख्य उद्देश्य भनेको व्यवसायीहरुले उत्पादन गरेको आफ्नो व्यवसाय प्रवर्धन गराउने हो । र व्यापार पनि गराउने हो । 

आर्थिक मन्दीले फूल व्यवसायमा कस्तो असर पारेको छ ?

आर्थिक मन्दीले जुनसुकै क्षेत्रमा असर पारेको छ । यो क्षेत्रमा पनि आर्थिक मन्दीको केही असर परेको छ । यो तिहार भनेको फूल र बत्तिको पर्व हो । जता हेरे पनि फूलै फूल हुने भएकाले तिहारमा हामीले राम्रौ व्यापार हुँन्छ भन्ने अपेक्षा गरेका छौँ । 

नेपाललाई फूल व्यवसायमा आत्मनिर्भर बनाउन के गर्नुपर्ला ? प्लाष्टिककोे फुलले कस्तो असर पारेको छ ? 

नेपाललाई फूल व्यवसायमा आत्मनिर्भर बनाउन नेपाल सरकारले किसानहरुलाई केहि सहयोग गर्नु पर्छ । किसानहरुले पनि एकजुट भएर काम गर्न पाए भने त्यसलाई कसरी सर्पोट गर्ने भन्ने बारे सरकार सँग नीति हुनु पर्छ । 

बैंकहरुले पनि लोनमा एकदम टाइट गरेका छन् । जो किसान हुन तिनीहरुले पाएका छैनन्।  केहीले डकुमेन्टहरु मिलाएर प्रोजेक्टहरु पारेर काम नगरेको हुनाले नेपाल फूल व्यवसायमा आत्मनिर्भर नभएको हो । 

त्यस्तै , प्लाष्टिकको फूलहरुले पनि सामान्य असर पारेको छ । मानिसहरु प्राकृतिक फूलहरु मन पराउने भएकाले कृतिम फूलहरु खासै प्रयोग गर्दैनन् । अलि अलि असरत परि हाल्छ । 

नेपालका कुन कुन स्थानमा नर्सरी उत्पादन हुने गर्दछन् ? 

नेपालमा काठमाडौँ लगायत विभिन्न ठाउँहरुमा नर्सरी उत्पादन हुने गरेका छन् । काठमाडौँमा मात्र ३-४ सयओटा नर्सरी फमहरु रहेका छन् । हामीले यो संघ सञ्चालन गरेको धेरै भएको छैन । र पनि १५० जति संस्थापक सदस्यहरु हुनुहुन्छ । हामी अब एक वर्ष भित्रमा ७ ओटै प्रदेशमा प्रदेश समिति गठन गरेर त्यता विस्तार गर्ने पहलमा हुन्छौँ । नर्सरीको एउटा मात्र विधा नभएर ४ ओटा विधा भएका कारण यो संस्था एकदम ठुलो रुपमा जान्छ । 

एउटै उद्देश्य भएको संघ छुट्टिएर काम गर्दा उद्देश्य कसरी प्राप्त हुन्छ ? 

हाम्रो उद्देश्य एउटै हैन् । हामी नयाँ संगठन हो नयाँ संस्था हो । हामीले जो किसान हो, जसले माटो खेलाउछ तिनिहरुलाई मात्र समेटेका छौ । हामीले नर्सरी व्यवसायीको हक हितको लागि व्यवसायीको माग अनुसारको के के कार्यक्रम उनीहरुले चाहन्छन् त्यहि अनुसार अगाडी बढ्ने हो । हामीले नर्सरीको मात्र काम गर्छै । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved