एनसेलमा एक्जियटाको प्रत्यक्ष लगानी होइन, सानो सोच राखेर गाली गर्नु ठिक होइन (अन्तर्वार्ता)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2023 | 07:15:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको टेलिकम कम्पनी एनसेलमा लगानी रहेको विदेशी कम्पनी एक्जियटाले आफ्नो सेयर बिक्रि गरेको विषयमा अहिले विभिन्न कोणबाट कुराहरु भइरहेका छन् । यस घटनाले खासगरी, कम्पनीले नेपाललाई घाटा हुने गरी अहिले हात झिकेको भन्ने एक थरीको बुझाई छ भने अर्काथरी भने नेपालमा विदेशी लगानीकर्ताका लागि लगानीको वातावरण छैन भन्ने सन्देश दिएर एक्जियटा बाहिरिएको तर्क गरिरहेका छन् ।

यस सन्दर्भमा अन्तराष्ट्रिय कानुनका जानकारसमेत रहेका वरिष्ठ अधिवक्ता प्राध्यापक डा. गान्धि पण्डित भने एक्जियटाले सिँधै एनसेलमा लगानी गरेको नभई उसको लगानी भएको कम्पनीले एनसेलमा लगानी गरेकाले एनसेलबाट एक्जियटा बाहिरियो भन्ने तर्क गर्न नमिल्ने बताउँछन् । उसले आफ्नो लगानी रहेको कम्पनीको सेयर बिक्रि गरेकाले एक्जियटाले एनसेलको सेयर बेच्यो भनेर भन्ने नमिल्ने उनको तर्क छ ।

‘नेपालको एनसेलमा एक्जियटाको प्रत्यक्ष लगानी होइन, एक्जियटाको लगानी भएको रिनल्ड होल्डिङले एनसेलमा ८० प्रतिशत लगानी गरेको हो, अहिले एक्जियटाले त्यो रिनल्ड होल्डिङमा भएको आफ्नो स्वामित्व बिक्रि गरेको हो’ उनले भने, ‘रिनल्ड होल्डिङको नामबाट नेपालको एनसेलमा लगानी भएको हो, एक्जियटाको नामबाट होइन, नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा एनसेलको ८० प्रतिशत सेयर होल्डर रिनल्ड होल्डिङ भएको उल्लेख छ । अहिले सेयर किनेको भनिएको आचार्यहरुको कम्पनीले रिनल्ड होल्डिङको स्वामित्व किनेको हो । यसकारण एक्जियटाले रिनल्ड होल्डिङको सेयर बेच्दैमा केही फरक पर्दैन ।’

प्रा.डा. गान्धिका अनुसार प्रत्यक्ष लगानी गरेको रिनल्ड होल्डिङको स्वामित्व कायमै रहेकाले अहिले एनसेलका नाममा कम्पनी रजिष्ट्रारमा रहेको सेयर स्वामित्व परिवर्तन हुँदैन । यदि, नेपालबाट आफ्नो लगानी फिर्ता लैजान चाहेमा अथवा सेयर बिक्रि वा स्वामित्व फेरबदल गर्न खोजेमा नेपालमा यहाँको प्रावधान अनुसार निवेदन दिने लगायतका प्रक्रियागत काम गर्ने काम रिनल्ड होल्डिङको भएको प्रा.डा. पण्डित बताउँछन् ।

‘नेपालको एनसेलबारे रिनल्ड होल्डिङ नै प्रमुख हो, एक्जियटाले कहीँ पनि सिग्नेचर गरेको छैन’ उनले भने, ‘किट्स आइल्याण्डमा रहेको आफ्नो लगानी भएको कम्पनीको सेयर बेच्यो, यसमा नेपालको सहमति किन लिएन, नेपाललाई किन सोधेन, कर छली गर्न खोज्यो भनेर एक्जियटालाई भन्नुपर्ने कारण छैन । रिनल्ड होल्डिङ नेपालमा दर्ता भएको कम्पनी होइन, अर्को देशमा दर्ता भएको कम्पनीको सेयर स्वामित्व फेरबदल हुँदा हामीले अनेक शंका गरेर बोल्नु राम्रो होइन ।’

यस सम्बन्धमा एक्जियटाले रिनल्ड होल्डिङको सेयर बिक्रि गर्दा दिएको कारणबारे भने गम्भीर समिक्षा आवश्यक रहेको प्रा.डा. पण्डितको भनाई छ । उसले नेपालमा लगानी अनुकुलका कानुन नभएको, लगानीको वातावरण नभएको, नाफा लैजान समस्या रहेको जस्ता कुरा उल्लेख गरेकाले यसतर्फ गम्भीर बन्नुपर्ने उनको भनाई छ ।

हेर्नुस् भिडियोः


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved