सहकारी समस्या समाधान गर्न निडर ‘लिडर’ को रुपमा साथीहरुले मलाई ‘फिट’ देख्नु भएको छ (अन्तरवार्ता)

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 21, 2023 | 06:15:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को ३२ औं वार्षिक साधारणसभा पुस ७ र ८ मा हुँदैछ । साधारणसभाले नयाँ नेतृत्व पनि चयन गर्ने भएकाले नेतृत्वका आकांक्षीहरु देखा परिसकेका छन् । 

वर्तमान अध्यक्ष परितोष पौड्यालले पनि कार्यकाल दोहोर्याउन चाहेका छन् । आफ्नो अहिलेको कार्यकालमा विभिन्न कामहरुको सुरुवात गरेकाले तिनलाई मुर्त रुप दिन पनि एक कार्यकाल दोहोरिनै पर्ने पूर्वज, अग्रज तथा समकालिन साथीहरुको राय आएपछि आफूले उम्मेदवारी घोषणा गरेको पौड्यालको भनाइ छ । उनले सहमतिको प्रयास भइरहेको आफ्नो नाममा सहमति हुने सम्भावना रहेको पनि बताएका छन् । 

सहकारी संस्थाहरुमा देखिएको पछिल्लो समस्या समाधान, स्थिरीकरण कोषको प्रभावकारी कार्यान्वयन, नयाँ सहकारी ऐनको व्यवस्था र देशभरी रहेका हजारौँ सहकारी अभियान्ताहरुको आवाज अनुसारको सहकारीलाई नियमन गर्ने दोस्रो तहको नियामक निकाय खडा गर्ने लगायतका विषय आफ्नो प्राथमिकतामा रहेकाले यी व्यवस्थाहरु लागू गराउन पहल गर्नुपर्ने वर्तमान आवश्यकता भएको उनको भनाई छ । उनले आफूले यो कार्यकालमा बचतकर्ताको बचत सुरक्षाका लागि स्थिरीकरण कोषको स्थापना गरेकाले यो कोषले हाल ११ लाख बढी बचतकर्ताको बचत सुरक्षा गर्ने बताएका छन् । यो क्रमशः बढाउँदै लैजाने पौड्यालको भनाइ छ ।

अध्यक्ष पौड्यालले अहिले नेफ्क्स्कुनमा निडर र भिजनरी नेतृत्व आवश्यक रहेकाले अग्रज र समकालिन सहकारी अभियान्ताहरुले अर्को कार्यकालका पनि आफूलाई नै उभ्याएको दाबी गरेका छन् ।

भिडियो अन्तरवार्ताः


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved