सस्तो मूल्यमा घरजग्गा किन्न चाहनेका लागि घरजग्गा मेला (भिडियो अन्तरवार्ता)

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 28, 2023 | 10:49:41 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको भृकुटीमण्डपमा आज पौष १२ गतेदेखि १५ गतेसम्म घरजग्गा मेला आयोजना हुँदैछ । कोरोना भाइरसको महामारीका कारण रोकिएको घरजग्गा मेला यस वर्ष आयोजना हुन लागेको हो । यसपाली मेलाको ८औँ संस्करण हो ।

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाका अनुसार घरजग्गा किन्न चाहने व्यक्तिका लागि यो मेला सही र उपर्युक्त गन्तव्य हो । यस मेलामा राम्रा र विश्वासिला विकासकर्ता, राम्रा व्यवसायीमार्फत सस्तो मूल्यमा जग्गा तथा आवास उपलब्ध हुने उनको भनाई छ । यदि कसैले काठमाडौँ र अन्य क्षेत्रमा सस्तो र राम्रो जग्गा खोजिरहेका छन् भने उनीहरुले घरजग्गा मेलाबाट जग्गा खरिद गर्न सक्ने अध्यक्ष धमलाले बिजपाटीसँग बताएका छन् । 

‘आवासको हक हरेक व्यक्तिको मौलिक हक हो, मान्छेले कतै नयाँ ठाउँमा पुग्दा नाम के हो भनेर सोधेपछि घर कहाँ हो भन्छन्’ उनले भने, ‘यो मेलाले हरेक व्यक्तिको एउटा आफ्नै घर होस् भन्ने चाहना पूरा गर्न मद्दत गर्नेछ ।’

अध्यक्ष धमलाले बैंक तथा बीमा कम्पनीका स्टल पनि मेलामा रहने भएकाले फाइनान्सिङ र बीमाबारे पनि मेलाबाटै जानकारी लिन सकिने बताए । मेलामा भवन तथा संयुक्त आवास र जग्गा विकासकर्ता, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्ट पनि हुनेछन् । 

यस वर्षको मेलामा २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार लक्ष्य राखिएको छ । १ लाख ५० हजार मानिसले मेलाको अवलोकन गर्ने दाबी गरिएको छ ।

भिडियो अन्तर्वार्ता 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved