जगदम्बाको 'फ्याक्ट्री' बाट सर्वोत्तम सिमेन्टको उत्पादन !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2022 | 09:09:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोत्तम सिमेन्टको उत्पादन जगदम्बा सिमेन्टको उद्योगबाट उत्पादन हुने भएको छ । सर्वोत्तम सिमेन्टको आईपिओ सम्बन्धमा जानकारी दिन आयोजित रोड शो कार्यक्रममा सर्वोत्तम सिमेन्टले आफ्नो सिमेन्ट जगदम्बा सिमेन्टको उद्योगबाट पनि उत्पादन हुने बताएको हो ।

सर्वोत्तम सिमेन्टका अध्यक्ष बिष्णु प्रसाद न्यौपानेका अनुसार जगदम्बा सिमेन्टको बिरगंजमा रहेको फ्याक्ट्रीबाट सर्वोत्तम सिमेन्ट उत्पादन हुने छ । उनले साउन देखि नै जगदम्बा सिमेन्टको उद्योगबाट सर्बोत्तम सिमेन्टको उत्पादन थालिने बताएका हुन् । अर्थात् जगदम्बा सिमेन्टको उद्योगले सर्वोत्तम सिमेन्ट उत्पादन गर्ने छ ।

अध्यक्ष न्यौपानेका अनुसार यसको लागि उद्योग मन्त्रालय, उद्योग विभाग, लगायतका निकायबाट आवश्यक स्वीकृति लिईसकिएको छ । उनले हाल जगदम्बा सिमेन्टको बिरगंज स्थित उद्योगको प्रयोग नभएको क्षमता १४ सय टन रहेकोले सर्वोत्तमको सिमेन्ट जगदम्बाको फ्याक्ट्रीबाट उत्पादन गर्न लागेको बताए । उनले सिमेन्ट उत्पादनको लागि चाहिने क्लिन्कर सर्बोत्तमले दिने बताए । उनले सर्वोत्तमले अन्य सिमेन्ट कम्पनीहरुलाई क्लिन्कर बिक्रि गरिरहेको बताए । त्यस्तै जगदम्बाले सिमेन्ट मात्र उत्पादन गर्ने र सिमेन्टको बोरा भने सर्बोत्तमले नै दिने उनले बताए । 

जगदम्बा सिमेन्टको फ्याक्ट्रीमा पनि सर्बोत्तम सिमेन्टमा रहेको भीआरएम प्रविधि जडान रहेकोले सर्बोत्तम सिमेन्टको फ्याक्ट्री र जगदम्बा सिमेन्टको फ्याक्ट्रीबाट उत्पादन हुने सिमेन्टको गुणस्तर समान हुने अध्यक्ष न्यौपानेले बताए ।

उनले जगदम्बा सिमेन्टमा र सर्वोत्तम सिमेन्टमा रहेका प्रमोटरहरुको दुवै कम्पनीमा समान शेयरहोल्डिङ रहेको तथा दुवै कम्पनी एकै समुह अन्तर्गत रहेकोले स्वार्थ नबाझिने दाबी समेत गरेका छन् ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिंग विधिबाट आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले गत आइतबार निष्काशन तथा विक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधार र औचित्य समेत खुलाइएको प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम (Roadshow) संचालन गरेको हो ।

 कम्पनीले ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved