शिवम् बन्यो नेपालकै सर्वाधिक विक्रि हुने ओ.पि.सि. सिमेन्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2022 | 10:26:40 AM मा प्रकाशित

laxmi  sunrise bank

शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट विक्रि गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओ.पि.सि सिमेन्ट बन्न सफल भएको छ । शिवम् सिमेन्टले स्थापना काल देखि हाल ०७९ असार मसान्तसम्मको अवधिमा नेपालकै सर्वाधिक ओ.पि.सि. सिमेन्ट विक्रि गर्ने उद्योग बन्न सफल भएको हो ।  

नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । शिवम् सिमेन्ट नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एन.एस. क्वालिटी अवार्ड–२०१९  बाट पुरस्कृत भएको थियो।

शिवम् सिमेन्ट्सले नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा  ISI, URS प्रमाणित ISO Certificate प्राप्त गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved