
स्वस्तिक लघुवित्तको महोत्तरी जिल्लामा रहेको रामगोपालपुर शाखाले वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । आज रामगोपालपुर नगरपालीकाको वडा नं. ५ स्थित रामगोपालपुर बहुमुखि क्याम्पसमा अध्ययनरत स्नातक तहका विध्यार्थीहरुको सहभागीतामा वित्तीय साक्षरता तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
उक्त कार्यक्रममा सोही क्याम्पसका प्रमुख नागेन्द्र प्रसाद यादब तथा स्वस्तिक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्ण, मानव संशाधन विभाग प्रमुख सन्तोष कुमार साहको उपस्थिति रहेको रामगोपालपुर शाखाका शाखा प्रमुख भोजेन्द्र हजारीले जानकारी दिए ।
आजको समयमा ऋणीलाई मात्र नभई विद्यार्थीवर्गमा समेत वित्तीय साक्षरता मार्फत आर्थिक कारोबार गर्ने तरिका, त्यसको उचित व्यवस्थापन तथा खर्च नियन्त्रणका विषयमा अवगत गराउनु आवश्यक भएकोले सो कार्यक्रम गरिएको शाखा प्रमुख हजारीले बताए। आगामी दिनमा समेत विभिन्न निकायहरुसँग सहकार्य गरि वित्तीय साक्षरता संचालन गरिने जानकारी उनले दिएका छन्।