शेयरबजारमा दोहोरो अंकको वृद्धिपछि नेप्से सूचक २ हजार बिन्दुमाथि, झन्डै ५ अर्बको कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2024 | 03:16:06 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक २५.९३ अंकले बढेर २००६.२८ को बिन्दुमा पुगेको छ 

आज कारोबारमा आएका ३२० कम्पनीका १ करोड १८ लाख ३८ हजार १ सय ५० कित्ता शेयर खरिद बिक्रीबाट ४ अर्ब ८० करोड ४४ हजार ६ सय १ रुपैयाँ ६६ पैसाको कारोबार भएको छ। जस मध्ये शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सर्वाधिक १८ करोड २४ लाख, पोखरा फाइनान्सको १७ करोड १ लाख, गोर्खाज फाइनान्सको १६ करोड २५ लाख तथा कामना सेवा विकास बैंकको १२ करोड ९५ लाखको कारोबार भएको छ 

आज कारोबारमा आएका मध्ये कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने इन्फीनिटी लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिसत बढेको छ । त्यस्तै ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.२९ प्रतिशत, बोटलर्स नेपाल तराई ७.६२ प्रतिसत तथा शाइन रेसुंगा डेभलपमेन्ट बैंकको शेयर मूल्य ७.२० प्रतिशत बढेको छ 

आज पोखरा फाइनान्सको शेयर मूल्य सर्वाधिक ७.१८ प्रतिशत, गुराँस लघुवित्तको शेयर मूल्य ६.६० प्रतिशत, बोत्लार्सा नेपाल बालाजुको सेयर मूल्य ५.७३ प्रतिशत, तथा गोर्खाज फाइनान्सको शेयर मूल्य ४.६४ प्रतिशत घटेको छ 

आज कारोबारमा आएका मध्ये फाइनान्स समुह बाहेकका सबै समुहगत सूचक बढेको छ । जस मध्ये विकास बैंक समुह सर्वाधिक ४.९० प्रतिशत बढेको छ भने होटेल एण्ड टुरिजम समुह २.५३ प्रतिशत बढेको छ । फाइनान्स समुह भने १.१८ प्रतिशत घटेको छ 

आज कारोबारमा आएका मध्ये २१५ कम्पनीको शेयर मूल्य बढेको छ भने २६ कम्पनीको मूल्य घटेको छ 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved