डिशहोम फाइवरनेटको नयाँ अफर “कनेक्सनको दोब्बर उत्सव”

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2023 | 01:05:51 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोम फाइवरनेटको नयाँ अफर ‘कनेक्सनको दोब्बर उत्सव’ सार्वजनिक गरेको छ। चाडवाडको मौसममा डिशहोम फाइवरनेटको नयाँ कनेक्सन लिने ग्राहकले एक दाममा डबल ब्यान्डविथ यानिकी अव ५० एमबीपिएसको पैसा तिर्दा १०० एमबीपिएसको ब्यान्डविथ पाउनेछन् ।

यो अफर अन्तर्गत डिशहोमका ग्राहकहरुले शुलभ मुल्यमा डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउने विश्वास कम्पनीले लिएको छ । 

सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि सधै तत्पर रहेको कम्पनीले जारी विज्ञप्तीमा उल्लेख गरेको छ । ग्राहकहरुले आफ्नो वजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानि छानि लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहकसेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक वन्न सफल भएको कम्पनीको दाबी छ । 

डिशहोम फाइवरनेटको जडान तथा अन्य सेवाहरु नजिकैको डिलर दाइ अथवा  ग्राहक सेवा केन्द्रको फोन नं ०१-५९७०३६५ मा फोन गरेर लिन सकिन्छ । 




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved