
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन करोड १७ लाख कित्ता बढी शेयर सूचिकृत भएको छ । बिहिबार ग्लोबल आईएमई लघुवित्त, एक्सेल डेभलपमेण्ट बैंक, प्रभु इन्स्योरेन्स र कुमारी बैंकको बोनस सेयर सूचिकृत भएको हो ।
प्रभु इन्स्योरेन्सको ५ लाख ११ हजार ९ सय ८९ कित्ता, एक्सेल डेभलपमेण्टको ११ लाख ८४ हजार ४७२ दशमलव ५० कित्ता, कुमारी बैंकको (देव विकास बैंकलाई प्राप्ति गरेपछि) दुई करोड ९६ लाख ५९ हजार १ सय ९० दशमलव २८ कित्ता र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको तीन लाख ८६ हजार ६ सय १ दशमलव २५ कित्ता गरी कुल तीन करोड १७ लाख ४२ हजार २ सय ५६ दशमलव ०३ कित्ता बोनस सेयर भएको हो ।
शेयर सुचिकृत भएसँगै लगानीकर्ताले आफ्नी डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।