
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले प्रस्तावित ‘नेप्से–३०’ इन्डेक्सका लागि सुझाव माग गरेको छ । आउँदो जेठ १५ गतेको समयसीमा तोकेर उसले प्रस्तावित ‘नेप्से–३०’ इन्डेक्सका लागि सुझाव माग गरेको हो ।
‘दीर्घकालिन महत्व राख्ने यस सूचकाङ्कको गणनाविधि, यसमा समावेश गरिने सूचिकृत सङ्गठित संस्था छनोको विधि र यसमा समावेश गरिने सूचीकृत सङ्गठित संस्था छनोटको विधिलाई पारदर्शी तथा विश्वसनीय बनाउन राय सुझाव आवश्यक भएकाले प्रस्तावित नेप्से–३० इन्डेक्सको सन्दर्भमा तय गरिएका सूचिकृत सङ्गठित संस्था छनोटको आधारहरु तथा इन्डेक्स गणना विधिउपर आफ्नो राय सुझाव दिन अनुरोध गरिएको छ, नेप्सेद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
नेप्सेले प्रविधिमार्फत पूँजीबजारको विकास गरी लगानीकर्ताहरुलाई आधुनिक दोस्रो बजार कारोबार सुविधा उपलब्ध गराउँदै आएको छ । दोस्रो बजार कारोबारलाई थप सुदृढ बनाउन सहयोग पुग्ने गरी सुचकाङ्कहरुको विकास सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्य अनुरुप बजारमा तत्काल कारोबार योग्य शेयरहरुलाई समावेश गरी बजारपूँजीकरणमा आधारित सूचकाङ्कको रुपमा नेप्से–३० इन्डेक्स तर्जुमा हुने जानकारी गराएको छ ।
यस सूचकाङ्कले बजार कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन सञ्चालनलगायतमा सघाउ पुर्याउने अपेक्षा लिएको जनाइएको छ । यसबाट दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने विश्वास गरिएको छ । यसबाट लगानीकर्तालाई भविश्यमा थप कारोबारयोग्य उपकरण प्राप्त हुन जाने उल्लेख छ ।
यी हुन् कम्पनी छनोका आधार
१, प्रतिशेयर चुक्ता मुल्यभन्दा प्रतिशेयर किताबी मूल्य बढी हुनुका साथै विगत ५ वर्षदेखिको आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्षसहित कम्तिमा ३ वर्ष खुद नाफामा रहेको
२, अघिल्लो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी चुक्ता मूल्यको न्युनतम १० प्रतिशत रही सोही वर्षको बार्षिक मुद्रास्फीति दरभन्दा बढी रहेको छ ।