प्रधानमन्त्री बन्न शेरबहादुर देउवा सामु ५ चुनौती

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 26, 2017 | 07:47:10 AM मा प्रकाशित

laxmi  sunrise bank

साढे १२ वर्षपछि सरकारको नेतृत्व गर्ने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाका चुनौती कम छैनन् । संविधान कार्यान्वयनका लागि जग बसाएका प्रचण्डको भन्दा झन् धेरै काम गर्नुपर्ने अवस्था उनीसामु छ ।

निर्वाचनअघि नै आफ्नो नेतृत्वमा सरकार गठन भए मधेसी दललाई निर्वाचनमा ल्याउनु देउवाको पहिलो चुनौती हो । त्यस्तै, आगामी मंसिरसम्म प्रदेश र संसद्को निर्वाचन गर्नुपर्ने अर्का दुई ठूला चुनौती छन् । प्रदेशको निर्वाचनअघि सीमांकन, नामांकन र प्रदेशका केन्द्रसमेत मिलाइसक्ने कामका लागि सहजीकरण गर्नुपर्ने अवस्था देउवासामु छ ।

पौडेल पक्षलाई मिलाउनुपर्ने सकस

पार्टीभित्र नेता रामचन्द्र पौडेल पक्षलाई मिलाउनुपर्ने चुनौती पनि देउवासामु छ । पार्टी सञ्चालन, राजदूत नियुक्ति, आइजिपी प्रकरण, प्रधान्यायाधीशविरुद्धको महाअभियोगलगायतका विषयमा पौडेल पक्ष असन्तुष्ट छ । यस्तो अवस्थामा पौडेल पक्षलाई समेत विश्वासमा लिएर मन्त्रालय बाँडफाँड गर्नुपर्ने चुनौती देउवासामु छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved