भत्ता काटिएपछि बढ्यो जाम : ६६ ट्राफिक प्रहरी कारबाहीमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 14, 2017 | 08:35:39 AM मा प्रकाशित

laxmi  sunrise bank

गल्ती गर्नेलाई ठाउँको ठाउँ चिट काटेर थमाउने ट्राफिक प्रहरीमा अचेल खासै जाँगर देखिँदैन । सवारीसाधन ब्यवस्थापनमा खटिएका उनीहरु चालकका सानातिना गल्तीलाई बेवास्ता गर्न थालेका छन् ।

गल्ती गर्नेलाई चिट काटिहाले पनि तिनको अनुहार पहिलेजस्तो हँसिलो हुँदैन । केही साता अघिसम्म लेन मिच्नेलाई तत्कालै राकेर जरिवानाको चिट काट्ने ट्राफिकलाई अचेल लेन मिच्नु चालकको गल्ती लाग्न छाडेको छ ।

त्यस्तै सावरी चालकसंग घुस लिएको भन्दै महानगरीय ट्राफिक  प्रहरी महाशाखाले ६६ ट्राफिक प्रहरीलाई कारबाही गरेको छ । उजुरिका आधारमा अनुसन्धान गर्दा तरकारीदेखि नगद घुस लिने गरेको पाईएपछि ४४ लाई नसिहत र २२ लाई निलम्बन गरेर जम्मा ६६ ट्राफिक प्रहरीलाई आन्तरिक कारवाही गरिएको महाशाखा प्रमुख तथा डिआईजी मिङ्मार लामाले जानकारी दिए । नगारिकमा खबर छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved