राष्ट्रिय वाणिज्य बैंकको आवेदन फाराम शुल्क खल्तीबाट तिर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2021 | 03:39:46 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेकाे पदपूर्ति आवेदनकाे परिक्षा शुल्क ‘खल्ती डिजिटल वालेट’ बाट भुक्तानी गर्न सकिने भएकाे छ । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ८०० बढी कर्मचारीका लागि आवेदन आह्वान गरेकाे छ। सो पदमा बैंककाे वेबसाइट https://recruitment.rbb.com.np/ बाट अनलाईन आवेदन दिन सकिन्छ ।

अनलाइनमार्फत आवेदन फाराम भरेपछि परिक्षा शुल्क भुक्तानी आफ्नाे युजरनेम र पासवर्ड हालेर लग-इन गरेपछि ‘खल्ती’ छनाैट गरी ताेकिएकाे शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।

खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो । ‘खल्ती’ को प्रयोग गरी ६०+ बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’ का प्रयोगकर्ताहरुको संख्या २० लाखभन्दा बढि छन् ।

यो पनि : राष्ट्रिय वाणिज्य बैंकले माग्यो ८ सय बढी कर्मचारी, यस्तो छ आवश्यक योग्यता र आवेदन दिने तारिका

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved