अब डिजिटल माध्यमबाटै २ अर्ब सम्मको सरकारी राजस्व भुक्तानी गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2022 | 07:39:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ्ग हाउसले सञ्चालन गर्दै आएको एनसीएचल बैंक सेन्ट्रल तथा  कर्पोरेटपे प्रणाली मार्फत् गरिने सरकारी राजस्व भुक्तानीको सीमा बढेको छ । क्लियरिङ्ग हाउसका अनुसार पठाउने र पाउने बैंक /वित्तीय संस्था एउटै रहेको खण्डमा भुक्तानीको प्रति कारोवार सीमा बृद्धि गरिएको हो।

विभिन्न सरकारी निकाय तथा बैंक वित्तीय संस्थाको समन्वय एवम् नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात कारोबार सीमा बृद्धि गरिएकोमा अब बैंक/वित्तीय संस्थाका ग्राहकहरुले सरकारी राजस्व भुक्तानी गर्दा NCHL Bank Central मार्फत On-us (ठाउने र पाउने बैंक /वित्तीय संस्था एउटै रहेको खण्ड) मा रु २ अर्ब सम्म, र CORPORATEPAY मार्फत पब्लिक नेटवर्कबाट On-us मा रु १ करोड र प्राइभेट नेटवर्कबाट On-us मा रु ५ करोड सम्म गर्न सक्नेछन् । बृद्धि गरिएको प्रति कारोबार सीमा पठाउने र पाउने बैंक वित्तीय संस्था एउटै रहेको खण्डमा लागू हुनेछ भने पाउने र पठाउने बैंक/वित्तीय संस्था फरक रहेको खण्डमा हाल कायम रहेको नन रियल टाइम भुक्तानी रु ३० करोड सम्म र रियल टाइम भुक्तानी रु २० लाख सम्म नै लागू हुनेछ।

थप गरिएको कारोबार सीमाले नेपाल सरकारको डिजिटल माध्यमबाट राजस्व संकलन गर्ने पहललाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ । विशेषत नेपाल सरकार अन्तरिक राजस्व विभाग, भन्सार विभाग जस्ता ठूला रकम भुक्तानी गर्नपर्ने निकायहरुका लागी यो सविधा थप प्रभावकारी हुनेछ ।

एनसीएचएलले हाल connectIPS, CORPORATEPAY, Bank Central का साथै विभिन्न सदस्य बैंक वित्तीय संस्थाको मोबाईल बैंकिङ्ग तथा विभिन्न मोबाईल वालेट मार्फत पनि सरकारी राजस्व संकलन गर्ने सेवा विस्तार गर्दै आएकोमा चालू आर्थिक वर्षको फाल्गुन महिनाको मध्यसम्म एनसीएचएल मार्फत रु ३४ अर्ब बराबरको राजस्व संकलन भइसकेको छ।

एनसीएचएलले NCHL-ECC, NCHL-IPS, connectIPS, connectRTGS, NPI, CORPORATEPAY लगायत विभिन्न भक्तानी तथा फर्छयौटका प्रणालीहरु सञ्चालन गर्दै आएको छ भने हाल यसले QR लगायतका कार्ड रहित भुक्तानीको विस्तारका निम्ति नेशनल पेमेन्ट स्वीच पनि कार्यान्वयनमा र ल्याएकोछ । हाल एनसीएचएलमा ६० बैंक वित्तीय संस्था आबद्ध रही ५,७०० भन्दा बढी बैंक शाखाहरु मार्फत यसका विभिन्न सेवा सञ्चालन हुँदै आएका छन् भने यसमा ८७ वटा गैर-बैंकिङ्ग संस्था Indirect/Technical सदस्यका रुपमा जोडिएका छन्।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved