आइएमई पेको 'उत्सवको बहार दुवई घुम्ने उपहार' योजनाको विजेता घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2022 | 09:28:05 AM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पेको 'उत्सवको बहार दुवई घुम्ने उपहार' नामक योजनाको विजेता घोषणा भएको छ ।  आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित 'आइएमई पे’ ले उत्सवको बहार दुवई घुम्ने उपहार भन्ने मुल नाराका साथ नेपालीहरुको महान चाड दशैं,तिहार र छठलाई लक्षित गरि तयार पारिएको स्किमको विजेता घोषणा गरेको हो ।

जस अनुसार धनगढी कैलालीका अमिगो मनी ट्रान्सफर र सिमरा बाराका मोबाइल सरोकार उक्त स्किम अन्तर्गत विजेता घोषित भएका छन् । आइएमई काउण्टरबाट आइएमई पे मोबाइल एप प्रयोग गरि स्किम अवधिमा हवाई टिकट विक्री गरे वापत सिस्टममा आधारित लक्की ड्र मार्फत विजेता छनोट गर्दा वहाँहरू विजेता बन्न सफल भएको कम्पनीले जनाएको छ । व्यवसाय प्रवद्र्घनमुखी यस्ता स्किम मार्फत व्यवसायिक साझेदारहरुलाई पुरस्कृत गर्ने उद्धेश्यले उक्त सञ्चालन गरिएको थियो ।

कम्पनीका अनुसार उक्त कार्यक्रममा दुई जोडीलाई ४ रात ५ दिनका लागि दुवई घुम्ने अवसर प्राप्त हुने गरि तयार पारिएको थियो । कोभिडका कारण बाहिरी देश भ्रमणको लागि उपर्युक्त समय नभएको कारण सोही भ्रमणको लागि लाग्ने खर्च रु ३,००,०००÷– ( रु. १,५०,०००÷‐ प्रति विजेता) आइएमई पे एप मार्फत स्किमका विजेताहरुलाई ट्रान्सफर गरिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved