आइएमई पे मार्फत भुक्तानी गर्दा दराजमा १० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2022 | 02:47:54 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पे र दराजबीच 'दराज वालेट डे' को लागि सम्झौता भएको छ । सम्झौता अनुसार हरेक बुधबार आइएमई पे मार्फत भुक्तानी गर्दा १०% छुटको रिडिम भाउचर पाउने गरि व्यवस्था मिलाइएको आइएमई पेले जनाएको छ।

आइएमई पेका अनुसार प्रयोगकर्ताहरुलाई हरेक बुधबार आइएमई पे एपको १०% छुट (रु. ३५० सम्मको) पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने छ ।  

दराज नेपाल र आइएमई पेबीच फाल्गुन १३ गते आइएमई कम्प्लेक्समा भएको यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाऊन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved