नमस्ते पेको चाडपर्व अफर सार्वजनिक, ग्राहकलाई शतप्रतिशत क्यासब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2022 | 05:13:55 PM मा प्रकाशित

laxmi  sunrise bank

 नमस्ते पे ले दशैं, तिहार तथा छठ पर्व लाइ समेट्नेगरी चाडपर्व अफर ल्याएको छ । यस अभियानमा ४९ दिन सम्म नमस्ते पे प्रयोगकर्ताहरु विभिन्न सेवाहरु विभिन्न अफर पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस अभियानमा बम्पर अफरको रूपमा, सात भाग्यशाली विजेताहरूले १ सय प्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन्। प्रयोगकर्ताहरूले जति धेरै कारोबार गर्नेछन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र १००% क्यासब्याक पाउने मौका हुने कम्पनीले जनाएको छ। अभियान अवधिको बीचमा कुनै पनि सेवाहरू (wallet to wallet transfer र load fund बाहेक) को कारोबार गर्ने प्रयोगकर्ताहरू बम्पर योजनामा सहभागी हुन योग्य हुने कम्पनीले उल्लेख गरेको छ।

कम्पनीका अनुसार नमस्ते पे मार्फत युटिलिटी बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पे ले तिरिदिने अफर रहेको छ । हवाई टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले    रु १००० क्यासब्याक  पाउनेछन् र अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड हवाई टिकट निशुल्क पाउनेछन् ।दशैं दक्षिणाको रूपमा, आफ्नो परिवार र आफन्तहरूलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरूले १ सय प्रतिशत क्यासब्याक पाउने कम्पनीले जनाएको छ। 

त्यस्तै, अभियान अवधिभर सबै प्रयोगकर्ताले मोबाइल टपअपमा १०% क्यासब्याक  वा अधिकतम १० रुपैयासम्म  पाउने कम्पनीले जनाएको छ। प्रयोगकर्ताहरूलाई प्रोमोकोड उपलब्ध गराइने र  जुन तीन पटक रिडिम गर्न सकिने कम्पनीले उल्लेख गरेको छ।

  नमस्ते पेले भ्वाइस र डेटा प्याकहरू, बिलहरूको भुक्तानी, मर्चेन्ट भुक्तानीहरू, हवाई टिकटहरू आदि सहित विभिन्न सेवाहरूमा विभिन्न फ्ल्यास अफर प्रदान गर्ने जनाएको छ।

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, कृष्ण प्रसाद भण्डारीले सेवा पोर्टफोलियोलाई सुदृढ गर्दै, नमस्ते पे लाई बलियो र भरपर्दो डिजिटल भुक्तानी सेवा प्रदायक बनाउन कम्पनीले आफ्ना साझेदार र सरोकारवालाहरूसँग निरन्तर रुपमा काम गरिरहेको बताए ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved