ठमेल रेमिट एनपीएस प्रणालीमा आवद्ध, अमेरिकाबाट पठाएको रेमिट्यान्स केहि सेकेन्डमै नेपालमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2022 | 01:56:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकबाट लाईसेन्स प्राप्त ठमेल रेमिट प्रा.लि. नेपाल क्लियरिङ् हाउस लिमिटेड (एनसिएचएल) को नयाँ प्राविधिक सदस्यको रुपमा जोडिएको छ। अब ठमेल रेमिटले ‘तु रेमिट्यान्स सेवा’को लागि आन्तरिक च्यानलको रूपमा एनसिएचएलको नेशनल पेमेन्ट स्विच (एनपीएस) प्रयोग गर्ने भएको छ।

एनसीएचएलसँगको यस आबद्धतापछि संयुक्त राज्य अमेरिका (युएसए) बाट पठाएको पैसा अब केहि  सेकेन्डमै नेपालमा प्राप्त सकिनेछ।  नेशनल पेमेन्ट स्विचसँगको सहकार्यबाट उत्साहित ठमेल रेमिटका सह-संस्थापक बाल के जोशीले भन्नुभयो, "यस सहकार्यले ठमेल रेमिटलाई अमेरिकादेखि नेपालसम्मको मार्गमा गैर-कार्डमा आधारित, बैंक-टू-बैंक कारोबार तत्काल सेटलमेन्ट गर्ने पहिलो डिजिटल मनी ट्रान्सफर कम्पनी बनाउँछ। सामान्यतया, यस प्रकारको रियल टाईम ट्रान्सफर सुविधा महँगो शुल्क लाग्ने डेबिट र क्रेडिट कार्ड नेटवर्कमा मात्रै उपलब्ध छन्। अमेरिकामा भएका नेपालीहरुलाई अब अझै छिटो र चुस्त रुपमा नेपालका जुनसुकै कुनाकाप्चामा पैसा पठाउने सेवा प्रदान गर्न सक्नेछौं भन्ने कुरामा हामी विश्वस्त छौँ। ”

संयुक्त राज्य अमेरिकाको नेशनल अटोमेटेड क्लियरिङ हाउस एसोसिएसन अप्रत्यक्ष रूपमै भएपनि नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडीएको भएको यो पहिलो पटक हो। 

अब ठमेल रेमिटले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी एनपीएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गरी रेमिटले स्वचालित रुपमा भुक्तानी कारोबारहरु गर्न सक्नेछ। यस अन्तर्गत ठमेल रेमिटले एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी तथा सम्बन्धीत कारोबारहरु आफ्ना ग्राहकका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ। साथै, यस सहकार्यले ठमेल रेमिटलाई प्रत्यक्ष बैंक खातामा आधारित रेमिट्यान्सका लागि ५९ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूको फराकिलो नेटवर्कमा पनि पहुँच प्रदान गरेको छ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमाविकास गरिएको NPI , नेशनल पेमेन्ट स्वीच (NPS)को अंगको रुपमा रहेको छ । यस मार्फत रियल टाइम भुक्तानी (RPS/ connectIPS)  तथा नन्–रियल टाइम भुक्तानी (NCHL-IPS) का विभिन्न भुक्तानी उपकरण मार्फत गरिने व्यवस्था रहेको छ । यसमा हाल ५९ सदस्य बैंक वित्तीय संस्थाहरुर७३भन्दा बढी गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । हाल १३ वटा रेमिटेन्स कम्पनीहरूले आफ्नो सम्बन्धित सेटलमेन्ट बैंकहरू मार्फत एनसीएचएलका भुक्तानी प्रणालीहरुको प्रयोग गरी रेमिटेन्स सम्बन्धी कारोबारहरु गर्दै आएका छन् ।

त्यस्तै, सन् २०१३ मा संयुक्त राज्य अमेरिकाबाट नेपाल पैसा हस्तान्तरणमा केन्द्रित रहेको ठमेल रेमिट नेपालको अग्रणी रेमिटेन्स कम्पनीहरूमध्ये एक हो। स्थापनाको नौ वर्षको अवधिमा ठमेल रेमिट अमेरिकाबाट नेपाल पैसा पठाउन सबैभन्दा सस्तो र प्रभावकारी माध्यमका रुपमा उदाएको छ। कम्पनीले आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र ग्राहकलाई थप सुविधा प्रदान गर्न नवीनतम प्रविधिहरुको प्रयोग गर्दै आएको छ। ठमेल रेमिट अमेरिकामा बसोबास गर्ने नेपालीहरूले सबैभन्दा रुचाएको रेमिटेन्स माध्यम हो। हालसम्म ठमेल रेमिट मार्फत ५० हजारभन्दा बढी नेपालीहरूले नेपालमा पैसा पठाईसकेका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved