टेलिकमका ग्राहकले ‘नमस्ते पे’को क्युआरमार्फत बिल भुक्तानी गर्न सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2023 | 05:22:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले ‘नमस्ते पे’ को क्युआर कोडमार्फत बिल भुक्तानी गर्न सक्ने सुविधा सुरु गरेको छ । कम्पनीले हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका काउन्टरहरुमा क्युआर मार्फत भुक्तानीको सुबिधा संचालनमा ल्याएको हो ।

नेपाल टेलिकम, सुन्धारा र बबरमहलमा आयोजित एक कार्यक्रमका बीच आज यो सेवाको सुरुवात गरिएको कम्पनीले जनाएको छ । 

टेलिकमको बागमती प्रादेशिक निर्देशनालयकी निर्देशक सविना मास्के प्रधान र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

हाल टेलिकमको सुन्धारा र बबरमहल काउन्टरमा गई नमस्ते पे को क्युआर प्रयोग गरी बिल भुक्तानी गर्न सकिने छ । यो सेवालाई आगामी दिनमा अन्य कार्यालयहरुमा समेत विस्तार गरिने कम्पनीले जनाएको छ । 

प्रयोगकर्ताहरूले क्युआरमार्फत भुक्तानी गरे वापत आफ्नो वालेटमा १० प्रतिशत क्यासब्याक पाउने व्यवस्था समेत गरिएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved