आइएमई पेको अफरः १ रुपैयाँमा सामसुङ ग्यालेक्सी मोबाइल जित्ने मौका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2023 | 04:21:01 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पे ले ‘रु १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल सार्वजनिक गरेको छ । 

जेठ १० गते देखि जेठ १७ गते सम्म चल्ने यस अफरमा आइएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले केवल १ रुपैयाँमा सो खेल खेली सामसुङको ग्यालेक्सी ए–१४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्ने छन् । 

प्रयोगकर्ताहरुले यो खेल आइएमई पे एप को होमपेजमा ‘रु १ मा के’ ब्यानरमा गइ खेल्न सक्नेछन् । 

यस एक हप्ते अफरमा प्रयोगकर्ताहरुले धेरै पटक रु. १ तिरी सो खेल खेल्न सक्ने छन् । 

यस अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सन्जाल मार्फत हुनेछ । साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गरेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved