नबिल बैंकको खाता खल्तीमा लिङ्क गर्दा ४३ इन्चको टिभी जित्ने मौका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2023 | 05:21:31 PM मा प्रकाशित

laxmi  sunrise bank

खल्तीले नबिल बैंक लिमिटेडसँगको सहकार्यमा नबिल बैंकको खाता लिंक सुविधा उपलब्ध गराएको छ। यस सुविधा अन्तर्गत प्रयोगकर्ताले नबिल बैंकको खाता खल्ती वालेटमा लिङ्क गर्दा १ सय रुपैयाँ बोनस र उपहारमा ४३ इन्चको स्मार्ट टि।भी र ३२ इन्चको स्मार्ट टिमीसहति ‘खल्ती प्रो’ को सब्स्क्रिप्शन जित्न सक्नेछन्।

प्रयोगकर्ताले खल्तीमा आफ्नो पहिलो बैंक लिङ्क गर्दै पहिलो भुक्तानी गरेमा  रु। १०० बोनस प्राप्त र्नेछन्। प्रयोगकर्ता मध्ये नै  एक भाग्यशाली बिजेताले बम्पर पुरस्कारको रूपमा ४३ इन्चको स्मार्ट टिभी र हरेक हप्ता एक जनाले ३२ इन्चको स्मार्ट टिभी र  ‘खल्ती प्रो’ को सब्स्क्रिप्शन प्राप्त गर्नेछन्।

यसका साथै , खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अन्तर्गत १०० रुपैयाँभन्दा बढीको भुक्तानीमा प्रयोगकर्ताले डिजिटल स्क्र्याच कार्डमा पुरस्कार र कुपनको प्राप्त गर्नसक्नेछन् भने कुनै पनि २ भुक्तानी पूरा गरेर पल्सर एन१६० जित्न सक्नेछन् ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved