'आइएमई पे'ले पायो 'सिसा पिसिआई डीएसएस' प्रमाणीकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2023 | 02:54:45 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे'ले हालै 'सिसा पिसिआई डीएसएस' प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विधुत्तिय भुक्तानी माध्यम बन्न सफल भएको कम्पनीले दाबी गरेको छ।

कम्पनीले आफ्नो स्थापनाकाल देखिनै सेवाग्रहीहरुको व्यक्तिगत जानकारी तथा विवरणहरुको विशेष सुरक्षा गर्दै आएको र केही समय यता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पिसिआई डीएसएसको मापदण्डहरु पुरा गरी सो प्रमाणीकरण प्राप्त गरेको जनाएको छ। सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नविकरण गरिन्छ । यसैक्रममा यो वर्ष पनि आइएमई पेले सिसा पिसिआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरु पुराएर नविकरण गरेको कम्पनीले जनाएको छ।

आइएमई पेले अन्तरराष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकवर्गको निजी तथा संवेदनशील जानकारीहरुको गोपनियता कायम गर्नका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको उल्लेख गरेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved