पीसीआई एसएससीको सल्लाहकार समितिमा चयन भयो नेप्स, अमेजोन र एप्पलसँगै काम गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2023 | 02:24:36 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम्स (नेप्से) अन्तराष्ट्रिय संस्थाको सल्लाहकार समितिमा चयन भएको छ । पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटि काउन्सिल (पीसीआई एसएससी) को सल्लाहकार समितिमा नेप्से चयन भएको हो । 

 पीसीआई एसएससी कार्ड मार्फत हुने कारोवारमा डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको अनवरत क्रमविकासलाई व्यवस्थित गर्नको निमित्त स्थापना भएको अन्तराष्ट्रियरुपमा मान्यता प्राप्त संस्था हो । भिसा, मास्टरकार्ड जस्ता जस्ता अन्तराष्ट्रिय कार्ड नेटवर्कले पीसीआई डिडिएस सर्टिफिकेसन अनिवार्य नै गरेका छन् । कार्ड मार्फत हुने कारोवारको सुरक्षा र तत्सम्बन्धी विकास भैरहने विविध साइबर सुरक्षाका विषयलाई समेटी सुरक्षित कारोवारको वातावरण सिर्जना गर्ने तथा विश्वव्यापी रुपमा नै विभिन्न सरोकारवालाहरुलाई समेटी पर्याप्त डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको विकास गरि लागु गर्ने उदेश्य लिएर बनेको संस्थाको सल्लाहकार समितिमा नेप्स चयन भएको हो। 

नेप्सका अनुसार सल्लाहकार समितिमा भएका सदस्य सँस्थाहरुले कार्ड मार्फत हुने कारोवारमा डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको विकासमा उल्लेख्य भूमिका निर्वाह गर्नुका साथै, आ-आफ्नो बजार, भूगोल र प्राविधिक अनुभवहरु मापदण्डको विकासक्रममा प्रस्तुत गरि मापदण्डहरुलाई समयसापेक्ष बनाउन नेतृत्व पनि गर्छन्। सल्लाहकार समितिको सन् २०२३-२०२५ को कार्यकालको २० सिटको लागि ६४ मनोनयन दर्ता भएको र सन् २०२३ मार्च १३ देखि २४ सम्म चुनाव भएको थियो । फलस्वरूप २०२३ जुन १ मा प्रकाशित नतिजा बाट नेप्स वित्तीय संस्था श्रेणीबाट मनोनित भएको हो । मनोनित भएसँगै, नेप्सले अमेजोन, एप्पल, बन अफ अमेरिका, बार्क्लेज बैंक, युरोपियन पेमेन्ट काउन्सिल, एफडिएफसी बैंक, आईबिएम , जेपी मोर्गन, यस बैंक, पेपाल, माइक्रोसफ्ट जस्ता अन्तराष्ट्रियरुपमा ख्याती प्राप्त संस्थाहरुसँग मापदण्ड निर्धारण तथा कार्ड मार्फत हुने कारोवारमा डाटा सुरक्षा सम्बन्धि अन्य विषयहरुमा छलफल तथा ज्ञान आदान-प्रदान गर्नेछ ।

नेप्सका प्रमुख कार्यकारी अधिकृत सन्जिब सुब्बाले भने “यो हाम्रो लागि गौरवको विषय हो र यसले नेप्स नयाँ उचाई तर्फ बढिरहेको पनि संकेत गर्दछ । साथै, PCI SSC को लक्ष्य प्राप्तिको लागि ज्ञान, सीप, र अनुभवको योगदान गर्न नेप्स तयार र आतुर पनि रहेको छ । साथै, हामीले यो अवसरलाई कार्ड मार्फत हुने कारोवारको सुरक्षालाई अझै चुस्त र समय सापेक्ष बनाउन अनि भुक्तानी क्षेत्रमा नविनता र सुरक्षित डिजीटल परिदृश्यको कल्पना साकार पर्ने चुनौतीको रुपमा पनि लियका छौँ । ”  

यसअघिनै नेप्स नेपालबाट PCI SSC को Associate  Participating Organization सदस्यता प्राप्त गर्ने पहिलो संस्था बनेको थियो । अहिले सल्लाहकार समितिमै चयन भएर सिङ्गो नेपाललाई नै कार्ड मार्फत हुने कारोवारमा डाटा सुरक्षा सम्बन्धि मापदण्डहरु निर्धारण गर्ने अन्तराष्टिर्य समितिमा सम्पूर्ण नेपाललाईनै प्रतिनिधित्त्वो गर्ने अवसर नेप्सले सिङ्गो राष्ट्रलाईनै प्रदान गरेको नेप्सले जनाएको छ।

यसका साथै, कार्ड मार्फत हुने कारोवारको सुरक्षा नै पहिलो प्राथमिकता रहेको नेप्सले उल्लेख गरेको छ । कम्पनीले भनेको छ ' नेप्स ISO 27001:2013 र PCI DSS Version 3.2.1 प्रमाणित संस्था पनि भएको हुँदा PCI SSC सल्लाहकार समितिको सदस्यताले सरोकारवालाहरुको नेप्स प्रतिको विश्वासलाई अझ प्रगाढ बनाउने छ । साथै, यसले नेप्सको  कार्ड मार्फत हुने कारोवारमा डाटा सुरक्षा सम्बन्धि व्यवस्थालाई समयनुसार परिमार्जन गरि सुरक्षित कारोवार संचलानको यकिन गर्न टेवा पुग्नेछ, र नेपालमा रहेका अन्य संस्थाहरुलाई पनि उचित मार्गदर्शन प्रदान गर्न कोशेढुंगा सावित हुनेछ ।'


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved