कनेक्टआईपीएस मार्फत बीमा प्रिमियम भुक्तानी गर्दा क्यासब्याक अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2023 | 08:36:59 AM मा प्रकाशित

laxmi  sunrise bank

कनेक्टआईपीएसले बीमा प्रिमियम भुक्तानीमा क्यासब्याक अफर सार्वजनिक गरेको छ । असार ३ गतेदेखि ३० गतेसम्म लागू हुने गरी यस अफर अन्तर्गत कनेक्टआईपीएस मार्फत लाईफ इन्स्युरेन्स कम्पनीको प्रिमियक भुक्तानी गर्दा अफरको शर्त बमोजिम क्यासब्याक उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले २०.८०% (अधिकतम रु २,०८०) क्यासब्याक प्राप्त गर्न सक्ने छन् भने अफरको अन्त्यमा एक जना भाग्यशाली विजेताले रु २०,०८० क्यासब्याक प्राप्त गर्ने छन् ।

लक्की ड्र मार्फत हरेक हप्ता छानिएका भाग्यशाली विजेताहरुको जानकारी एनसीएचएलको वेवसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कनेक्टआईपीएसको वेव, मोबाइल एप तथा इन्स्युरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्टआईपीएस गेटवे मार्फत गरिएको लाइफ इन्स्युरेन्स सम्वन्धी प्रिमियम भुक्तानीमा मात्र सो अफर लागू हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved