'भिजा पार्टनरसिप' अवार्डबाट सम्मानित भयो आइएमई पे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2023 | 08:41:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" " 'भिजा पार्टनरसिप' " अवार्डबाट सम्मानित भएको छ । काठमाण्डौंमा म‌ंगलबार आयोजित भिजा लिडरसिप कन्क्लेभ २०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा  आइएमई पे लाई  एक्सिलेन्स इन फिनटेक पार्टनरसिप'  अवार्डबाट सम्मानित गरेको हो ।

यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टता मार्फत वित्तिय पहुँचको विस्तार गर्नुका साथै नवप्रवर्तनका लागि आइएमई पे र  भिजा बिचको बलियो साझेदारीलाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ। 

  हाल भिजासंगको सहकार्यमा भर्चुअल तथा फिजिकल  कार्ड  प्रयोगमा ल्याएर नेपालको फिनटेक क्षेत्रमै नयाँ बेन्च मार्क सेट गरेको छ कम्पनीले उल्लेख गरेको छ ।आगामी दिनमा पनि भिजासंगको सहकार्यमा बिभिन्न नवप्रवर्तनात्मक सेवाहरु लिएर आउने जानकारी आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जानकारी दिएका छन्।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved