एनसीएचएल र नेप्सबीच मर्जर सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2023 | 01:00:30 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल )  र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड(नेप्स) बीच मर्जरको सम्झौता भएको छ ।  एनसीएचएल  १५औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित  औपचारिक कार्यक्रममा एनसीएचएल र नेप्स बीच गाभ्ने÷प्राप्ति सम्बन्धि प्रारम्भिक साझेदारी भएको हो ।

एनसीएचएलको मर्जर प्राप्ति समितिका संयोजक महेश शर्मा ढकाल र नेप्सका मर्जर समितिका संयोजक संजीव कुमार श्रेष्ठ बीच उक्त समझदारीपत्र आदानप्रदान गरिएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी, डेपुटी गभर्नर डा.निलम ढुंगाना तिमसिना, नेपाल राष्ट्र बैंकका उच्च पदाधीकारीहरु, नेपाल बैंकर्स संघ, डेभलप्मेन्ट बैंकर्स संघका अध्यक्ष र नेपाल वित्तीय संस्था संघका फस्ट उपाध्यक्ष लगायत बैंक वित्तीय संस्थाका प्रमुखहरु समेतको उपस्थिति रहेको थियो ।  

एनसीएचएल र नेप्स दुवै बैंक वित्तीय संस्थाहरुको प्रवद्र्धनमा नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त गरी विगत लामो समय देखि आ–आफ्नो क्षेत्रमा कार्य गरी आएका संस्थाहरु हुन् ।

एनसीएचएल पुस ८, २०६५ मा स्थापित भएको थियो भने नेप्स फागुन १८, २०६९ मा स्थापित भएको हो।  नेप्सले विभिन्न बैंक वित्तीय संस्थाहरुको लागी केन्द्रिकृत रुपमा कार्ड जारी गर्ने, स्वीकार गर्ने र कारोबार सम्पन्न गर्न आवश्यक प्रशोधन गर्ने कार्य गर्दै आएको छ । नेप्स अन्तर्गत ११  बैंक तथा वित्तीय संस्थाहरुको १,६०० भन्दा धेरै एटीएम, ९,००० बढि एइक्  मार्फत सेवा प्रदान गर्ने, र इकमर्स कारोबारको लागि ब्ऋक् घम् क्भअगचभ लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved