आइएमई पेमार्फत पैसा तिर्दा आइईएलटिएस र पिटिईमा ५० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2023 | 01:13:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र एजुकेशन पार्कबीच आइईएलटिएस (IELTS)  र पिटिई (PTE)  को तयारी कक्षामा  ५० प्रतिशत छुट दिने सम्झौता भएको छ । 

उक्त सम्झौता अनुसार सिभिल मल, काठमाडौंको आठौं तलामा रहेको एजुकेशन पार्कमा आइईएलटिएस र पिटिईको तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पे मार्फत कक्षाको शुल्क भुक्तानी गर्दा सो छुट प्राप्त गर्ने बताइएको छ ।

शुक्रबार (यही पुस ६ गते) देखि  लागु भएको सो योजनाको अवधि तीन महिनाको हुने जारी विज्ञप्तीमा उल्लेख छ । आइईएलटिएस र पिटिई कक्षामा अग्रणी एजुकेशन पार्क र नेपालको पहिलो भुक्तानी प्रदायक आईएमई पे बीचको यो योजनाले सो कक्षा लिन चाहने विद्यार्थीहरुलाई अझ सहज हुने कुरामा दुबै कम्पनीले विश्वास लिएका छन् ।

योजनाको अवधि ३ महिनाको भएता पनि पहिला कक्षा बुक गर्ने विद्यार्थीहरुले आफ्नो समय अनुसारको कक्षाको छनौट गर्न सक्नेछन् । विद्यार्थीहरु माझ अति नै लोकप्रिय दुबै कक्षा अनलाईन मार्फत समेत लिन सकिने व्यवस्था गरेको एजुकेशन पार्कले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved