पुस २९ गते एनसीएचएल मार्फत ८४ अर्ब कारोबार, १.६ अर्ब राजस्व संकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2024 | 02:19:51 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो विभिन्न प्रणालीहरु मार्फत् पौष मसान्तको अन्तिम दिनमा रु ८४ अर्व भन्दा बढिको भुक्तानी कारोबार फर्स्योट गरेको छ । गत वर्षको सोहि दिनमा भएको भुक्तानी कारोबारको तुलनामा उक्त कारोवार, संख्याको आधारमा ६०% र रकमको आधारमा ७०% ले वृद्धी भएको हो ।

एनसीएचएलका प्रणालीहरु मध्ये NCHL-ECC, NCHL-IPS र RPS मार्फत् क्रमश रु.४१ अर्व, रु.१४ अर्ब र रु.२९ अर्ब वरावरको भुक्तानी कारोवार उक्त एक दिनमा फर्स्योट भएको हो । विद्युतीय भुक्तानीको स्वीकार्यता सँगै RPS अन्तर्गत connectIPS (वेव, एप तथा गेटवे), CORPORATEPAY, बैंक 'शाखाहरु, मोबाइल बैंकिग वालेट तथा NPI सँग जोडिएका विभिन्न च्यानलहरु मार्फत् रियल टाइम भुक्तानीको संख्यामा अधिकतम बृद्धी भएको देखिन्छ ।

त्यस्तै पौष मसान्तको अन्तिम दिनमा NCHL-IPS र RPS मार्फत् रु. १.६ अर्ब बराबरको राजस्व संकलन तथा रु ६.८ अर्ब बराबरको सरकारी खर्च सम्बन्धी १ लाख २५ हजार भन्दा बढि भुक्तानी कारोबारहरु भएका छन् । सरकारी भुक्तानी सम्बन्धी कारोवारहरु connectIPS, CORPORATEPAY, NEPALPAY QR गेटवे, बैंक शाखाहरु, मोबाइल बैंकिङ्ग तथा वालेट मार्फत गर्न सकिने व्यवस्था रहेको छ ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकले लिएको नितिगत पहलहरुले नेपालको विद्युतीय भुक्तानीमा उल्लेख्य परिवर्तन आएको देखिन्छ । एनसीएचएलका भुक्तानी प्रणालीहरुमा डाइरेक्ट सदस्यका रुपमा ५३ बैंक / वित्तीय संस्थाहरु तथा इन्डाइरेक्ट/टेक्निकल सदस्यका रुपमा १०० भन्दा वढि गैर-बैंकिङ संस्थाहरु आवद्ध भई प्रयोग गर्दै आएका छन् । सदस्य वैंक/वित्तीय संस्थाले आफ्ना ७ हजार भन्दा बढि शाखाहरु तथा मोबाइल बैंकिङ्ग प्लेटफर्म मार्फत् आफ्ना दुइ करोड भन्दा बढि ग्राहकहरुलाई यी सेवाहरु प्रदान गर्दै आएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved