आइएमई पे एपमा 'अहिले नखेले कहिले' नामक रु. १ को खेल सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2024 | 12:16:03 PM मा प्रकाशित

laxmi  sunrise bank

डिजिटल वालेट "आइएमई पे "ले यहि माघ महिना देखि आफ्नो एपमा "अहिले नखेले कहिले " नामक रु. १ को खेल सार्वजनिक गरेको छ । यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भइ रु. १ खेल सुरु गरेको छ साथै खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखेको जनाएको छ।

आइएमई पे एपका प्रयोगकर्ताहरूले रु. १ मा आफुलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्ने कम्पनीले उल्लेख गरेको छ । यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट - अल्टिमा बुम १६१ क्यु मा पनि आइएमई पेल मार्फत खरिदमा छुट दिने जानकारी सार्वजनिक गरेको छ ।

साथै प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४ २०८० देखि माघ ८ २०८० सम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५% अतिरिक्त छूट (रु. १५० सम्म) पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved