महासंघको कोषाध्यक्षमा सहमति जुटेन, आजै साँझ चुनाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2023 | 03:24:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा सहमति जुट्न नसकेपछि निर्वाचन हुने भएको छ । ४ जना आकांक्षी रहेको कोषाध्यक्ष पदमा सहमति हुन नसकेपछि आज साँझ ५ बजे निर्वाचन हुन लागेको हो । 

महासंघ निर्वाचन समितिले ५ बजे कोषाध्यक्ष पदको निर्वाचन हुने गरी निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

महासंघको कोषाध्यक्षमा प्रबलजंग पाण्डे, गोपाल खनाल, निरक केसी र सन्दिप गाडिया आकांक्षी देखिएका थिए । यीमध्ये गोपाल खनालले निरक केसीलाई समर्थन गरेर आफू ‘ब्याक’ भएका छन् । सन्दिप गाडिया पनि केसीलाई नै समर्थन गरेर ब्याक हुने तयारीमा छन् ।

वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले प्रबलजंग पाण्डेलाई कोषाध्यक्ष बनाउन चाहेका छन् । 

अब निर्वाचनमा निरक केसी र प्रबलजंग पाण्डेबीच प्रतिस्पर्धा हुने करिब करिब पक्का भएको छ । केसी भवानी राणा अध्यक्ष हुँदा पनि कोषाध्यक्षमा निर्विरोध मनोनित भएका थिए । महासंघको नयाँ कार्यसमितिका ७१ सदस्यले कोषाध्यक्षको निर्वाचनमा मतदान गर्नेछन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved