उद्योग संगठन मोरङको नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा राकेश सुराना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2023 | 02:16:27 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग संगठन मोरङले अध्यक्षका प्रत्यासी राकेश सुरानाको नेतृत्त्वमा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको छ। यस अगाडी निर्वाचन हुने भनिएपनि अन्तिममा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरिएको हो। 

राकेश सुरानाको नेतृत्त्वमा १४ सदस्सीय नयाँ कार्यसमिति चयन भएको हो। अध्यक्षका प्रत्यासी प्रदिप मुरारकाले अन्तिम समयमा आएर अध्यक्षबाट उम्मेद्वारीबाट पछि हटेपछि राकेश सुराना अध्यक्षमा सर्वसम्मत भएका हुन। 

अध्यक्षमा सर्वसम्मत भएका सुराना उद्योग सङ्गठन मोरङको कार्यसमितिमा २०६१ सालदेखि छन् भने यो संस्थाको सदस्यका रुपमा सुराना २०५४ सालमा जोडिएका थिए। सुरानालाई उद्योगीको हकहितमा बोल्ने प्रभावशाली उद्योगीको रुपमा चिनिन्छ। 

उधोग संगठनको अन्य  नेतृत्वमा,वरिष्ठ उपाध्यक्षमा नन्दकिशोर राठी, उपाध्यक्ष (वित्तिय क्षेत्र) मा राजकुमार गोल्छा, उपाध्यक्ष (कृषि÷उर्जा÷ जलश्रोत)मा भोलेश्वर दुलाल र उपाध्यक्ष (रोजगारदाता)मा बिपिन कावरा र कोषाध्यक्षमा सुवोध कोईराला निर्वाचित भएका हुन्  ।

त्यसैगरि कार्यसमिति सदस्यमा  सन्तोष कुमार भगत, इन्द्र खत्री (राजन), सौरभ सारडा, सुरेन्द्र कुमार गोल्छा, पारस लुनिया, सृजन प्याकुरेल, दिपक कुमार अग्रवाल र बीरेन्द्र राठी  निर्वाचित भएका हुन । निर्वाचित कार्यसमितिको कार्यकाल दुइ बर्षको रहने छ ।  

यस अघि:

- उद्योग सङ्गठन मोरङमा बढ्यो चुनावी सरगर्मी, राठीको साथले सुरानालाई सजिलो

 


 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved