चन्द्र ढकालको आरोप : राष्ट्र बैंकले गुनासो सुन्न छाड्यो, निजि क्षेत्रलाई माग्ने ठानियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2023 | 11:12:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रका सुझावहरु राष्ट्र बैंकले नसुन्ने गरेको गुनासो गरेका छन्। नाडा अटो शोको उद्घाटन कार्यक्रममा महासंघका अध्यक्ष ढकालले नियमनकारी निकायहरुले निजी क्षेत्र भनेका माग्ने मात्रै हुन् भन्ने खालको व्यवहार देखाएको आरोप लगाउदै यस्तो बताएका हुन्। 

‘चाहे वर्किङ क्यापिटल गाइडलाइनको कुरामा होस्, चाहे श्रृलङ्काको त्रास देखाएर आएका पोलिसीहरुको कुरा गरौँ, चाहे आयात प्रतिबन्धको कुराहरु हेरौँ’ अध्यक्ष ढकालले भने, ‘निजी क्षेत्रले दिने सुझावका सम्बन्धमा कोर्डिनेशन भएको छैन, निजी क्षेत्रले माग्ने मात्रै कुरा गर्छ भन्ने हिसाबको इम्प्रेशन रह्यो, राष्ट्र बैंकले आफ्नो इंस्टिच्युसनको मात्रै कुरा गरेको फिलिङ आम जनताले गरेका छन्।’

उनले निजी क्षेत्रले राष्ट्र बैंक, अर्थ मन्त्रालय वा अरु निकायलाई दिने सुझाव केवल उद्योगी व्यवसायीको तर्फबाट दिने सुझाव मात्रै नभई आम जनताको तर्फबाट दिइने सुझाव भएकाले ति सुझावहरुको सम्बोधन हुने वातावरण बन्नुपर्ने बताए ।

‘हामीले दिएका सुझावहरु केवल यी व्यवसायीहरुका आफ्ना मात्रै कुरा हुन्, यिनीहरुले आफ्ना माग मात्रै राख्छन् भन्ने सोचाई हाम्रा रेगुलेटरहरुको छ, रेगुलेटरहरुको यहीँ सोचाईका कारण अहिलेको अवस्था सिर्जना भएको हो’ अध्यक्ष ढकालले भने, ‘निजी क्षेत्रले राख्ने सुझावलाई केवल उद्योगी व्यापारीको सुझाव र मागका रुपमा मात्रै नबुझी समग्र अर्थतन्त्रकै लागी हो भनेर सिरियस रुपमा लिइयोस् भन्ने हाम्रो आवाज छ ।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved