सरकारले दशैँ अगाडी नै दिन्छु भनेको ६ अर्ब ठेकेदारले अझै पाएनन् , फेरि आन्दोलनको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2023 | 01:35:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले दशैँ अगाडी नै दिन्छु भनेको पैसा नदिएपछि निर्माण व्यवसायीहरु फेरि आन्दोलनको तयारीमा जुटेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीहरुलाई दशैँ अगाडी नै ६ अर्ब भूक्तानी दिने भनेपनि त्यो पैसा नपाएको भन्दै निर्माण व्यवसायीहरूले फेरि आन्दोलनको तयारी सुरु गरेका हुन् ।

निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालका अनुसार यसअघि निर्माण व्यवसायीहरुले ४० अर्ब बढी भूक्तानी नपाएको भन्दै आन्दोलन गर्दा सरकार पक्षले हरेक १५÷१५ दिनमा भूक्तानी दिने प्रतिवद्धता जनाएपछि आन्दोलन फिर्ता भएको थियो । तर, सरकारले उक्त सम्झौता कार्यान्वयन नगरेको उनको भनाई छ । 

उनले दशैँ अगाडी नै ६ अर्ब रूपैयाँ भुक्तानी गर्ने भनेर अर्थमन्त्री स्वयंले प्रचार गरेपनि आफूहरुले पैसा नपाएको बताए । महासचिव दाहालले निर्माण सम्पन्न भएका आयोजनाहरुको भूक्तानी पाउन पनि निर्माण व्यवसायीहरुले सडक आन्दोलन गर्नुपर्ने बिडम्बनापूर्ण अवस्था रहेको बताए । 

‘निर्माण व्यवसायीहरूले बैंक ग्यारेन्टी राखेर निर्माण सामग्री खरिद गरेका हुन्छन्, त्यो पैसा तिर्न नसक्दा हाम्रो बैंक ग्यारेन्टी जफत हुन थालेको छ’ महासचिव दाहालले भने, ‘सरकारले दिन्छु भनेको मितिमा पैसा देला भनेर हामीले सामान किनेको ठाउँमा त्यो मितिको चेक दिएका हुन्छौँ, तर खातामा पैसा नहुँदा चेक साटिँदैन, अनि हाम्रा साथीहरु चेक बाउन्समा परिरहेका छन् । सरकारले नै व्यवसायीहरुलाई जेल हाल्ने सम्मका काम गरिरहेको छ, हामी यो काम रोक्न अनुरोध गर्छौँ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved