भैरहवा विमानस्थल सञ्चालनको वातावरण बनाउन चेम्बर अध्यक्ष मल्लको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2023 | 04:57:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भैरहवा अन्तराष्ट्रिय विमानस्थललाई पुर्ण क्षमतामा सञ्चालनमा ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । रुपन्देहीको भैरहवामा आज देखि शुरु छैटौं लुम्विनी प्रादेशिक महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष मल्लले विमानस्थल सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रको अर्वौ रुपैयाँ लगानी जोखिममा परेको बताए ।

उनले भने, ‘विमानस्थल निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन सकेको छैन, अहिले निजी क्षेत्रको मात्र हैन सरकारकै लगानी पनि जोखिममा परेको छ ।’ 

विमानस्थल सञ्चालनसंगै गौतमवुद्ध जन्मस्थल लुम्विनीलाई अन्तराष्ट्रिय पर्यटकको आर्कषण केन्द्र बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए  । उनले भने, ‘विमानस्थल बनेपछि , व्यवसायिक गतिविधी बढ्ला भनेर आसपासमा करोडौं रुपैयाँ लगानी गरेकाहरुको लगानी जोखिममा परेको छ । यतातर्फ सरकार र सम्वन्धित सवै निकायको ध्यान जान जरुरी छ, ।’ 

अर्को प्रसंगमा अध्यक्ष मल्लले सार्वजनिक निजी साझेदारी मार्फत भैरहवा सेजलाई सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । भैरहवा सेजमा उद्यमी व्यवसायिको सहभागिता गराउनका लागि विभिन्न नीतिगत समस्याहरु रहेको उनको भनाई छ । यद्यपी भैरहवा सेजमा साना तथा मझौला उद्यमी एवं घरेलु उत्पादनहरुको प्रर्वद्धन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

मुलुककै सवैभन्दा धेरै राजश्व संकलन गर्ने भन्सार नाका मध्ये रुपन्देही पनि एउटा भएको भन्दै उनले खुला सीमाको फाईदा उठाएर हुने अवैध व्यापारलाई भने नियन्त्रण गर्नुपर्नेमा जोड दिए । रुपन्देहीमा स्थानीय उद्योग, व्यापार, कृषि तथा पर्यटकीय गतिविधी विस्तारका लागि महोत्सव निकै फलदायी  भएकोे अध्यक्ष मल्लको भनाई छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved