रिलायन्स फाइनान्स लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले फाइनान्सलाई ४५ प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो ।
अब फाइनान्सले २३ करोड ६ लाख बराबरको सय रुपियाँ अंकित २३ लाख ६ हजार ५ सय ७१ दशमलव ६० कित्ता हकप्रद निष्काशन गर्ने छ । हकप्रद निष्काशनको लागि सनराइज क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ ।
हाल कम्पनीको चुक्ता पुंजी ५१ करोड २५ लाख रहेकोमा ४५ प्रतिशत हकप्रद निष्काशनपछि चुक्ता पुंजी ७४ करोड ३२ लाख पुग्ने छ ।
कम्पनीले गत आर्थिक बर्ष २ करोड ५० लाख खुद नाफा कमाएको थियो ।