सोल्टी होटल लिमिटेडले गत आर्थिक बर्षको कमाईबाट बितरण गर्ने लाभांश घोषणा गरेको छ। सोल्टीको कात्तिक ५ मा बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत बोनस र ६.०५२६३१५७ प्रतिशत नगद (बोनस र नगद लाभांशको कर समेत) गरि २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
उक्त प्रस्ताब सोल्टीको आगामी मङ्सिर २८ मा बस्ने ४३ औ बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। गत आर्थिक बर्ष सोल्टीले १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
१५ प्रतिशत बोनस सेयर बितरण पश्चात सोल्टीको चुक्ता पुंजी ६६ करोड ५९ लाख पुग्नेछ। हाल सोल्टीको चुक्ता पुंजी ५७ करोड ९१ लाख छ। सोल्टीले गत आर्थिक बर्ष १८ करोड २९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
बुक क्लोज मिति तय
सोल्टीले लाभांश प्रस्ताब पारित गर्ने लगायतका प्रस्ताब राखेर मङ्सिर २८ का लागि ४३ औ बार्षिक साधारणसभा डाकेको छ। साधारणसभा प्रयोजनार्थ सोल्टीले मङ्सिर ४ देखि २८ सम्मका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ।
तसर्थ, मङ्सिर ३ सम्म कायम सेयरधनीहरुले मात्र सोल्टीको लाभांश र साधारणसभामा सहभागी हुन पाउनेछन। सोल्टीले मङ्सिर २८ गते बिहिबार बिहान ११ बजे त्रिभुवन आर्मी अफिसियार्स क्लब, सुन्धारामा साधारणसभा डाकेको छ।