पोखरा फाइनान्सको हकप्रद निष्काशन प्रक्रिया अगाडी बढेको छ । कम्पनीले १५ प्रतिशत हकप्रद निष्काशनको अनुमति पाउदै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । हकप्रद निष्काशनको एनआईबिएल क्यापिटल मार्केट्स बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले २० औ साधारणसभाले १५ प्रतिशत हकप्रद निष्काशन प्रस्ताव पारित गरेको थियो । अब कम्पनीले ९ करोड ८३ लाख बराबरको सय रुपियाँ अंकित ९ लाख ८३ हजार ६ सय ८२ दशमलव ७४ कित्ता हकप्रद निष्काशन गर्ने छ ।
हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ७५ करोड ४० लाख नाघ्ने छ । कम्पनीले केहि समय अघि मात्र एफपिओ निष्काशन गरेको थियो । कम्पनीले गत आर्थिक बर्ष ८ करोड ७७ लाख खुद नाफा कमाएको थियो ।