एक्सेल डेभलपमेन्टको साधारणसभा मङ्सिर १७ मा , बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 09, 2017 | 09:57:39 AM मा प्रकाशित

laxmi  sunrise bank

एक्सेल डेभलपमेन्ट बैंकले मङ्सिर १७ गते साधारण सभा गर्ने भएको छ । बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर ५ देखि १७ गते सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर ४ सम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र कम्पनीले प्रस्ताव गरेको बोनस लिन सक्ने छन् ।  

एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको कमाईबाट  ३०।१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।५८५२६ प्रतिशत नगद लाभांश बितरण गर्ने निर्णय गरेको छ। उक्त प्रस्ताब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भईसकेको छ अब बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरे पश्चात शेयरधनीहरुमा लाभांश बितरण हुनेछ। गत आर्थिक बर्ष बैंकले ३०।१२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। 

असोज १८ देखि कात्तिक २१ सम्मका लागि ५० प्रतिशतका दरले हकप्रद बिक्रि गरिरहेको बैंकको हाल चुक्ता पुंजी ३८ करोड ४५ लाख छ। हकप्रद वितरण पश्चात बैंकको चुक्ता पुंजी ५७ करोड २६ लाख पुग्नेछ। त्यसमा ३८ करोड ४५ लाखबाट घोषणा गरिएको ३०।१२ प्रतिशत बोनस सेयर थप गर्दा बैंकको चुक्ता पुंजी ६८ करोड ८५ लाख पुग्नेछ। एक्सेलले गत आर्थिक बर्ष १५ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved