आज शुक्रबार नेपाल स्टक एक्सचेन्जमा माछापुच्छ्रे बैंकको १ लाख ६० हजार ७४२.६४ कित्ता हकप्रद सुचिकृत भएको छ ।
बैंकले गत साउन ५ देखि भदौ ५ सम्म १०० बराबर १२ कित्ता सेयर अर्थात १२ प्रतिशतका दरले हकप्रद बिक्रि गरेको थियो । त्यस समय बिक्रि नभएको १ लाख ६० हजार ७४२.६४ कित्ता शेयर बैंकले लिलाम बढाबढमा बिक्रि गरेको थियो। लिलाम मार्फत बिकी गरिएको हकप्रद शेयर आज सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै लगानीकर्ताले आगामी सातादेखि यी शेयर खरिद बिक्रि गर्न सकने छन् ।
हाल बैंकको चुक्ता पुंजी ६ अर्ब ५९ करोड छ। १२ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब ३९ करोड पुग्नेछ। बैंकले १२ प्रतिशत हकप्रदले समेत पाउने गरि ९ प्रतिशत बोनस घोषणा गरेको छ । ९ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ५ करोड पुग्ने छ। बैंकले गत आर्थिक बर्ष १ अर्ब ३० करोड खुद मुनाफा आर्जन गरेको छ।